ढोरपाटनकी सुत्केरी महिलालाई हेलिकप्टर मार्फत उद्धार

  • असार २५, २०८१

बागलुङ- बागलुङकी एक सुत्केरी महिलालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको ढोरपाटन नगरपालिका—५ अधिकारीचौरका २८ बर्षिय मिना विश्वकर्मालाई स्वास्थ्यमा जटिलता देखिए पछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ पठाईएको हो । 
सुत्केरी व्यथा लागेपछि ढोरपाटनको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी विक आईतबार साँझ सुत्केरी भएकी थिईन । विकको पेटमा रहेको बच्चाको भने मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका पब्लिक हेल्थ नर्स सिमा कुँवरले जानकारी दिईन । विकको सोमबार विहान स्वास्थ्यमा थप जटिलता आएर बेहोसी बनेपछि हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाण्डौं पठाईएको कुँवरले जानकारी दिईन ।
राष्ट्रपती महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्तगत जिल्ला प्रशासन कार्यालय बागलुङको अनुरोधमा गृह मन्त्रालय मार्फत नेपाली सेनाको हेलिकप्टर मगाएर सुत्केरी महिलाको उद्धार गरिएको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए । दुर्गम गाउँका गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्यमा थप जटिलता देखियो भने गण्डकी प्रदेश सरकारले पनि हेलिकप्टर मार्फत उद्धार कार्य गर्दै आएको छ । 
 

प्रतिक्रिया