पत्रकारितामा सम्मान र जोखिम उत्तिकै छ मन्त्री–कंडेल

  • कार्तिक १८, २०७८

बागलुङ- गण्डकी प्रदेशका पर्यटन, उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कंडेलले पत्रकारिता क्षेत्रमा सम्मान र जोखिम उत्तिकै रहेको बताएका छन । बागलुङबाट प्रकाशित हुन मुक्तिक्षेत्र राष्ट्रिय दैनिकको १२औं बार्षिकोत्सव समारोह तथा तिहारको अवसरमा आयोतिज शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री कंडेलले पत्रकारिता क्षेत्रमा पछिल्लो समयमा विकृति र विसंगतीको पक्षमा बोल्दा लेख्दा पत्रकारहरुले धाक धम्की बेहोर्नुपरेको दुःखद कुरा भएको बताए । उनले राज्यको चौथो अंगको रुपमा परिचित संचार संस्था र पत्रकारहरुको विकासमा राज्यले चासो देखाउन जरुर रहेको बताए । मन्त्री कंडेलले पत्रकार भनेको समाजलाई उज्यालो तर्फ लैजाने एक सिपाही भएको कारण यस क्षेत्रमा लाग्ने सवैलाई सम्मान गर्नुपर्ने बताए । 
मन्त्री कंडेलले मुत्तिक्षेत्र दैनिकको सफलताको कामना गर्दै पत्रकारिता क्षेत्रमा अग्रणी भुमिका खेल्नेमा विश्वार लिएको बताए । 
    कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष दिल शिरिष पुर्व अध्यक्ष नारायणदत्त कंडेल, पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य रञ्जिता शर्मा, आदर्श संचार सहकारी संस्थाका अध्यक्ष अञ्जु जिसी लगायतले धौलागिरीको पत्रकारिताको विकासका निम्ती मुक्तिक्षेत्र दैनिकले महत्वपुर्ण भुमिका खेलेको बताएका थिए । कार्यक्रममा मुक्तिक्षेत्र दैनिकका बारेमा उत्तरगंगा पब्लिकेशनका संचालक जगन्नाथ आचार्यले प्रष्ट पारेका थिए । कार्यक्रम मुक्तिक्षेत्र दैनिकका सम्पादक धनराज सापकोटाको अध्यक्षता पत्रिकाका संवाददाता संगम घर्तिमगरको स्वागत र सह–सम्पादक नरेश कंडेलको संचालनमा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया