बागलुङमा ५० प्रतिशत मत खस्यो

  • फाल्गुण २१, २०८२

बागलुङ -  बागलुङमा ५०.१९ प्रतिशत मत खसेको छ । जिल्लाभर  ५२ हजार ८८१ महिला ४४ हजार १६८ पुरुष  अन्य १ जना गरी कुल  ९८ हजार ५०  मत सहित कुल मतको ख ५०.१९% खसेको गलुङका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले जानकारी दिए । कुल मतदाता मध्ये ५२ हजार ८८१ महिला र ४४ हजार १६८ पुरुष र एक अन्य गरी ९७ हजार ५० मत खसेको बरालले जानकारी बताए । १० स्थानीय तह रहेको बागलुङमा अहिले मत पेटिका संकलनको कार्य भइरहेको छ । बागलुङ जिल्लामा १३० मतदान केन्द्रबाट एक लाख ९३ हजार ३ सय ८१ जना मतदाता रहेका थिए । जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएकोे मुख्य निर्वाचन अधिकृत सिता शर्मा अधिकारीले जानकारी दिईन जिल्ला कारागार र जिल्ला समन्वय समितिमा अस्थायी मतदान केन्द्र राखिएको छ । बागलुङ कारागारमा ५५ मतदाता मध्ये ५३ जनाले मत खसेको थियो । दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा २३ उम्मेदवार मैदानमा थिए । मतदानमा कुनैपनि अप्रिय घटना नघटेको मुख्य निर्वाचन कार्यालय बागलुङले जनाएको छ । जिल्लामा शान्तिपूर्ण ढंगले मतदान सम्पन्न भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय