• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • स्थानीय सरकार

काँग्रेस महाधिवेशन: गण्डकीमा शर्मा र जोशी बिच प्रतिस्पर्धा प्यानलै घोषणा

  • मङ्सिर १७, २०७८

पोखरा – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत गण्डकी प्रदेश अधिवेशनमा सभापति संस्थापन पक्ष र संस्थापनइतर पक्षले चुनावी प्रतिस्पर्धाका लागि प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

सभापतिमा संस्थापन पक्षबाट अर्जुन जोशी र संस्थापन इतर पक्षबाट शुक्रराज शर्मा उम्मेदवार छन् । संस्थापन पक्षबाट उपसभापतिमा स्याङ्जाका मेषलाल श्रेष्ठ र म्याग्दीका नेत्र महतले उम्मेदवारी दिएका छन् ।
महामन्त्रीमा कास्कीका कुमार खड्का र गोरखाका ईश्वर पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । सहमहामन्त्रीमा गोरखाका राजनराज पन्त तनहुँका झुलबहादुर आले र  महिला सहमहामन्त्रीमा नवलपुरकी ओमकला गौतमले उम्मेदवारी दिएका छन् ।

संस्थापन इतरबाट उपसभापतिमा स्याङ्जाकी कल्पना तिवारी र बागलुङका हरिप्रसाद श्रेष्ठको उम्मेदवारी परेको छ । महामन्त्रीमा नवलपुरका विष्णु लामिछाने र गोरखाका किरणबाबु श्रेष्ठले उम्मेदवारी दिएका छन् । सहमहामन्त्रीमा पर्वतका रामचन्द्र जोशी, लमजुङका रमेश पाण्डे र कास्कीकी कोपिला रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् । सहमहामन्त्रीमा नै युवराज बस्ताकोटी स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । अन्य सदस्यहरुमा पनि दुवै पक्षले प्यानलै बनाएर उम्मेदवारी दिएका छन । 

प्रतिक्रिया