बागलुङ- नेपाली काँग्रेस बागलुङ नगरपालिकाको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान गरिएको छ । नेपाली काँग्रेस बागलुङ नगरपालिका वडा नं.–१३ पैयुँपाटा र वडा नं. १४ नारायणस्थानले सभापति सहित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका सभापति हरिप्रसाद श्रेष्ठले नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै बागलुङ नगरपालिकामा बलियो काँग्रेस निर्माणका लागि जुझारु नेतृत्व स्थापित भएको बताए । उनले अधिवेशनका समयमा जे जस्तो भएर पनि काँग्रेसलाई पहिलो बनाउने अभियानमा सवै एक जुट हुनुपर्ने बताए ।
कार्यक्रममा नवनिर्वाचित नगर सभापति उमाकान्त शर्मा ‘बाबु’ले काँग्रेसलाई बलियो संगठनको रुपमा स्थापित गर्नका लागि आम कार्यकर्ताकै दरिलो साथ आवश्यक रहेको बताए । उनले आउँदा निर्वाचनमा सवै एक भएर अगाडी बढी नगरपालिकाका सवै वडामा काँग्रेसको नेतृत्व स्थापित गर्ने दृढ संकल्प बोकेको बताए । ‘अधिवेशनको समयमा दुई भएर प्रतिस्पर्धा भए पनि त्यो प्रतिस्पर्धा अधिवेशन सँगै अन्त्य भएको छ । शर्माले भने–‘म सँगै सभापतिमा उम्मेदवार दिनुभएको आदरणीय कर्ण गुरु सँग म पार्टीका हरेक निर्णयमा सल्लाह लिनेछु । उहाँकै सल्लाह बमोजिम संगठन सुदृढिकरणमा लाग्नेछु । उनले सवैको सल्लाह बमोजिन नै संगठन विस्तार र पार्टीका गतिविधि संचालन गर्ने बताए ।
नगर कार्यसमितिकै पहलमा पैयुँपाटाको डाडबाट ३० जना भन्दा बढि युवाहरु विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।
कार्यक्रममा नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ (ख) का क्षेत्रीय सभापति नारायण शर्मा पौडेल, जिल्ला सदस्य बसन्त कुमार श्रेष्ठ, महासमिति सदस्य कल्पना हमाल पाठक, नेपाली काँग्रेस केन्द्रिय शिक्षा विभाग सदस्य नरनारायण शर्मा पौडेल, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि उमाकान्त पौडेल, नेपाल महिला संघका केन्द्रिय सदस्य एवं महाधिवेशन प्रतिनिधि पार्वती आचार्य महिला संघका जिल्ला अध्यक्ष शकुन्तला शर्मा, काँग्रेस बागलुङ नगरसमितिका सह–सचिव प्रकाश किसान र क्षेत्रीय प्रतिनिधि राधिका कुँवर लगायतले बोलेका थिए । कार्यक्रम नेपाली काँग्रेस पैयुँपाटका सभापति चन्द्रबहादुर खत्रीको अध्यक्षता उपसभापति एकनाथ रेग्मीको स्वागत र सचिव विजय पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
शनिबार नै नेपाली काँग्रेस नारायणस्थानले पनि बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका पुर्व सभापति हरिप्रसाद श्रेष्ठले सवै मिलेर संगठन निर्मांणका लागि लाग्नुपर्ने बताए । उनले काँग्रेस महाधिवेशनको संघारमा रहेको र महाधिवेशन पश्चात तत्काल स्थानिय तहको निर्वाचन पनि नजिकिँदै आएको हुँदा पछिको निर्वाचनलाई सोचेर संगठनलाई जुझारु बनाउनुपर्ने बताए ।
कार्यक्रममा नवनिर्वाचित नगर सभापति उमाकान्त शर्मा बाबुले सवै कार्यकर्तालाई धन्यबाद व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य बसन्त कुमार श्रेष्ठ, नेपाल महिला संघका केन्द्रिय सदस्य तथा महाधिवेशन प्रतिनिधि पार्वती अधिकारी, बानपा–१४ का वडा सदस्य चक्रबादुर खत्री लगायतले बोलेका थिए । कार्यक्रम वडा सभापति हरिकुमार श्रेष्ठको अध्यक्षता क्षेत्रीय सदस्य नारायण श्रेष्ठको स्वागत र सचिव ओमकार सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।