बागलुङ - बागलुङ नगर पालिकाको आयोजनामा प्रार्थना व्यवस्थापन, सांगितिक पिटि एवंम विद्यार्थी, शिक्षक अभिभावक र जनप्रतिनिधिलाई तीन दिने व्यहारिक उत्प्रेरणा कार्यक्रम प्रदान गरिएको छ । सदरमुकाममा रहेको विद्यामन्दिर माध्यमिक विद्यालय, धौलागिरी वीरेन्द्र माध्यमिक विद्यालय, रुद्रेपिपल माध्यमिक विद्यालय र श्री कालिका कन्या माध्यमिक विद्यालयका विद्यार्थीहरु र शिक्षक, अभिभावक र जनप्रतिनिधिलाई व्यहारिक उत्प्रेरणा, सकरात्मक सोच, मानसिक र शारीरिक नविन उर्जा संम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले विद्यालय विद्यार्थीको हितमा केन्द्रीत हुनु पर्ने बताए ।विद्यार्थीको समग्र व्यक्तित्वको विकास गर्न सक्षम शिक्षकले इमान्दार प्रयास गर्नुका साथै विद्यार्थीमा मानविय चिन्तन र सकरात्मक सोचको विकास गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रशिक्षक हरिश वलीले प्रशिक्षण दिएका छन र
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्मा, बागलुङ नगरपालिका-३ का वडा अध्यक्ष लक्ष्मण केसी सनी, वडा सदस्य नगेन्द्र केसी, कालिका कन्या माविका प्रधानाध्यापक सुदर्शन कँडेलको उपस्थिति रहेको थियो ।
कार्यक्रम विद्यामन्दिर माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठको अध्यक्षता, विद्यामन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मीको स्वागत र विहानी ईन्चार्ज शिक्षक कुलराज शर्माको सञ्चालनमा भएको थियो ।