ड्राभिङ स्कुल संघ धौलागिरीको अध्यक्षमा विष्णुराज पन्त  

  • फाल्गुण २७, २०७८

अर्जुन सापकोटा- ड्राभिङ्ग स्कुल संघ धौलागिरीको अध्यक्षमा बागलुङका विष्णुराज पन्त चयन भएका छन ।  बागलुङ, म्याग्दी र पर्वतको संयुक्त प्रथम भेलाले पन्तको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ ।  समितिको उपाध्यक्षमा बल बहादुर पाठक, सचिव प्रशान्त थापा र कोषाध्यक्षमा दिपक खतीवडा चयन भएका छन ।  
    भेलाको उद्घाटन गर्दे ड्राइभिङ्ग स्कुल संघका केन्द्रीय महासचिव श्री उमेश सि.के.ले यातायात क्षेत्रको विकासका लागि प्रमुख क्षेत्र ड्राइभिङ्ग स्कुल नै भएको दाबि गरे । ड्राईभिङ्ग एक स्कुल हो, जसमा सवारी साधन सिक्ने सबै विद्यार्थी हुन र उनको कमिकमोजोरीमा प्रत्यक्ष सहयात्री भनेकै ड्राइभिङ्ग स्कुल रहेको बताए । ‘जसले नयाँ चालकलाई सिक्ने अनुमति वा चालक अनुमतिपत्र प्राप्त गर्न तयार गर्दछ सिकेले भने,–‘यसरी तयार भएका विद्यार्थीहरुलाई निष्पक्ष तरिकाले परीक्षा लिई ट्रायल सेन्टरबाट चालकको चलाउन सक्ने क्षमतालाई परीक्षण गरी चालक अनुमति पत्र दिने काम  यातायात कार्यालयको दायित्व हो, बागलुङ, पर्वत र म्याग्दी जिल्लामा चालक अनुमति पत्र लिनको लागि मोटर साईलक र स्कुटरको मात्र छ ।, अन्य सवारी साधनको सवारी चालक अनुमतिपत्र लाईसेन्स लिन पोखरामा लगायतका ठाउँमा धाउनुपर्ने बाध्यता छ । यसको समाधान अब खोज्नुपर्दछ । 
उनले अबका दिनहरुमा बागलुङमा भएका समस्याहरुलाई पनि हल गरी चालकहरुले सहज तवरले कार, जिप, बस, तथा सबै खाले साधनहरुको लाईसेन्स लिन सक्ने गरी ट्रायल सेन्टर संचालनमा विशेष ध्यान दिने कुरा जाहेर गर्दै तत्काल काम अगाडी बढाउने कुराको जानकारी दिए 
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष अध्यक्ष पन्तले सवारी साधन विना कुनै पनि विकास सम्भव नभएको जानकारी दिए । चालक जन्माउने क्षेत्र नै ड्राइभिङ्ग स्कुल भएको हुँदा यसलाई पनि राज्य तर्फ सोचिनु पर्ने उनको भनाई थियो ।  पन्तले आउँदा दिनका फरक ढंगबाट स्कुलहरु संचालनमा लैजाने र सिक्ने चालकहरुलाई व्यवस्थित र भरपर्दो गराउने भन्दै सबै सम्पूर्ण ड्राईभिङ्ग स्कुलहरुले सहयात्रा गरी अघि बढ्ने र छिटो भन्दा छिटो यातायात कार्यालयसंग छलफल गरी जनतालाई सबै प्रकारका चालक अनुमति पत्र लिन पाउने अधिकारलाई समावेश गराउने बताएका छन । 

प्रतिक्रिया