बागलुङ, । बागलुङ उद्योग बाणिज्य संघको आयोजनामा संचालन भएको आठौँ बागलुङ महोत्सवको अवसरमा आयोजित गण्डकी प्रदेशस्तरीय खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि मेरो डेण्टल होम बागलुङले जितेको छ ।
बुधबार भएको फाइनल खेलमा नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङलाई ०–३ को सेटमा पराजित गर्दै मेरो डेण्टल होमले उपाधि जितेको हो । पहिलो सेट २५–७ ले आफ्नो पक्षमा पारेको मेरो डेण्टल होमले दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–१७ ले जित्यो ।
उपाधि जितेको मेरो डेण्टल होमले ट्रफीसहित नगद ८१ हजार ५ सय रुपियाँ प्राप्त गर्योभने उपविजेता नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङले ट्रफीसहित नगद रु. ४१ हजार ५ सय रुपियाँ हात पारेको छ ।
प्रतियोगितामा द सिल्भर प्यालेस बागलुङलाई पराजित गर्दै २–३ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै निसी रिभर आइटिएफ बागलुङले तेस्रो स्थान प्राप्त गरेको छ । तेस्रो स्थान प्राप्त गरेको निसीले ट्रफीसहित २१ हजार ५ सय रुपियाँ प्राप्त गर्यो । यस्तै सान्त्वना स्थान प्राप्त गरेको द सिल्भर प्यालेसले ट्रफीसहित ११ हजार ५ सय रुपियाँमा चित्त प्राप्त गरेको छ । महिला भलिबल प्रतियोगितामा ६ टिमको सहभागीता रहेको थियो ।
यस्तै महोत्सवको अर्को आकर्षण गण्डकी प्रदेश खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता (बिहिबार)देखि सुरु हुने प्रतियोगिताका संयोजक अकिल बहादुर क्षेत्री (धुर्व)ले जानकारी दिए । पुरुष भलिबल प्रतियोगितामा १४ टिम सहभागी रहेको संयोजक क्षेत्रीले बताए ।
बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा पुस ११ गतेदेखि सुरु भएको आठौँ बागलुङ महोत्सव पुस २२ गतेसम्म संचालन हुनेछ । महोत्सवमा खुल्ला दोहोरी गित प्रतियोगिता लगायतका अन्य विभिन्न प्रतियोतिगाहरु संचालन गरिएको छ ।