गलकोटमा मेयर कप भलिबल प्रतियोगिता 

  • फाल्गुण २२, २०७८

बागलुङ-  जिल्लाको गलकोट नगरपालिकामा मेयर कप भलिबल प्रतियोगिता सुरु हुँदैछ । नगर खेलकुद विकास समिति गलकोटको आयोजनामा सोमबारदेखि पालिका स्तरीय मेयर कप भलिबल लगायत अन्य विभिन्न प्रतियोगिता हुन लागेको हो ।

गलकोट नगरपालिकाको स्थापना दिवसको अवसर पार्ने गरी फागुन २३ देखि २७ गतेसम्म मेयर कप भलिवलको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । स्थानीय तह बनिसकेपछि नयाँ बनेको गलकोट नगरपालिकाको स्थापना दिवस  फागुन २७ गते भएकोले नगरपालिकाको स्थापना दिवसलाई भव्य रुपमा मनाउन मेयर कप प्रतियोगिताको आयोजना गरिएको नगर खेलकुद विकास समितिले जनाएको छ । नगर खेलकुद विकास समिति गलकोटले आईतबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पु¥याएको र सोमबारदेखि प्रतियोगिता सुरु हुने जनाएको छ । उक्त अवसरमा चौथो नगरप्रमुख रनिङ शिल्ड तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, ए लेभेल र बी लेभेलको खुला व्याडमिन्टन प्रतियोगिता पनि आयोजना गरिएको छ । गलकोट भलिबल खेलको उर्वर भूमि भएका कारण पनि यो खेललाई प्राथमिकता दिएर अहिले मेयरकप भलिबलको आयोजना गरिएको र आगामी दिनमा अन्य खेलकुदलाई पनि खेलकुद विकास समितिले अगाडि बढाउने अध्यक्ष योगश भण्डारीले बताए ।  ‘भलिबल खेल गलकोटमा सर्वाधिक रुचाइएको खेल हो, यहाँबाट धेरै राष्ट्रियस्तरको खेलाडी पनि उत्पादन भैसक्नुभएको छ,’ उनले भने,‘नयाँ खेलाड िउत्पादन गरी राष्ट्रिय स्तरमा पहिचान गराउनका लागि यो प्रतियोगिता महत्वपूर्ण हुनेछ ।’ प्रथम मेयरकप अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने समुहले १ लाख र मेयरकप, द्वितिय हुने समुहले  ७५ हजार र सान्त्वना हुने दुई समुहले २५÷२५ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सवोत्कृष्ट खेलाडीले १० हजार, विधागत रुपमा उत्कृष्ट हुने सर्भर, स्पाईकर, सेटर, ब्लकर, डिफेन्डर र टिम कोचलाई जनही ५ हजार प्रदान गर्ने नगर खेलकुद विकास समितिका सदस्य सचिव रुद्रनारायण सापकोटाले जानकारी दिए । प्रतियोगितामा सहभागीले समुहलाई प्रतियोगिताबाट नबाहिरिएसम्म प्रतिदिन ७ हजारका दरले दैनिक खानाखर्च प्रदान गरिनेछ ।  प्रथम मेयरकप प्रतियोगिता सहित गलकोट नगर क्षेत्र भित्रका विद्यालयहरुको सहभागितामा अन्तर विद्यालय स्तरीय छात्र तथा छात्रा भलिबल प्रतिोगिता, हाइजम्प, लङ्जम्प, सटफुट, रिले दौड, त्रिपलजम्प, ज्याबिल्ङ थ्रो, लगायतका प्रतियोगिताहरु सञ्चालन गरिने नगर खेलकुद विकास समितिले जनाएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गलकोट नगर क्षेत्र भित्रका १३ सामुदायिक र ९ वटा संस्थागत माध्यमिक तहका विद्यालयहरुले सहभागिता जनाउने बताईएको छ । ए लेभेल व्याडमिन्टन प्रतियोगितामा प्रथम हुनेले २५ हजार द्वितीय हुनेले १५ हजार तथा बी लेभेल व्याडमिन्टन प्रतियोगितामा प्रथम हुनेले २० हजार र द्वितीय हुनेले १० हजार पुरस्कार पाउने भएका छन् । गल्कोट नगरपालिका भलिबल खेलको नामबाट नेपाल भरमै चिनिएको र आगामी दिनमा गलकोट नगरपालिकालाई भलिबलको ‘हब’ बनाउने योजना अनुसार यस मेयरकप भलिबललाई व्यवस्थित बनाउँदै  खेलकुद क्षेत्रको समग्र रुपमा विकास गर्दै लैजाने गलकोट नगरप्रमुख भरत शर्मा गैरेले बताए । ‘यो गलकोट क्षेत्र भलिबलको पहिले नै देखि उर्बर ठाउँ हो, यहाँबाट विभिन्न ठाउँमा खेल्न जाने र जित्नेक्रम पनि चलिरहेको छ,’ उनले भने,‘हामीले खेलाडीहरुलाई नगरपालिकाको तर्फबाट सहयोग पनि गर्दै आएका छौं । यस पटक हामीले नै प्रतियोगिता गर्ने योजना बनाएर अगाडि बढ्यौं ।’ मेयर कप भलिवलको उद्घाटन गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले फागुन २४ गते गर्ने बताइएको छ । 

प्रतिक्रिया