• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • स्थानीय सरकार ,
  • जैमिनी

निर्णय कार्यान्वयनमा जैमिनी, नागरिक सहायता कक्ष स्थापना

  • जेठ १०, २०७९

बागलुङ- स्थानीय तह निर्वाचन २०७९ सम्पन्न भएसंगै चुनिएका जनप्रतिनिधीले गरेको पहिलो निर्णय यतिबेला कार्यान्वयमा अगाडी बढेका छन । जिल्लाको जैमिनी नगरपालिका प्रमुख नर बहादुर पुन र उपप्रमुख हरिहर शर्माले आफ्नो पदबहाली गरे सँगै गरेको निर्णय कार्यान्वयन पनि गरेका छन । नगरपालिकाले सेवा ग्राहीको सहजताका लागि नागरिक सहायता कक्ष निर्माण गर्ने निर्णय गरेक थिए साेही बमोजिम मंगलबार नगरपालिकामा नागरिक सहायता कक्ष स्थापना गरेका छन् । नगरपालिकामा पालिकामा सेवा लिन आउने सेवाग्राहीहरुले लिने सेवालाई सहज, छरितो र सरल बनाउने उदेश्यले सो कक्ष स्थापना गरिएको जैमिनी नगरपालिकाका नगर–प्रमुख नर बहादुर पुनले जानकारी दिए । सहायता कक्षले सेवालिन आउने सेवाग्राहीहरुलाई सहजता हुने उनको भनाई छ । 
सो कक्षमा सेवाग्राहीहरुले आवश्यक कागजातहरु, निवेदनको ढाँचाहरु लगायतका विभिन्न विषयमा जानकारी लिन सक्नेछन् । त्यस्तै, सेवालिन आउने ग्राहकहरु कोहीपनि फर्कन नपरोस भन्ने हेतुले कक्षलाई थप व्यवस्थित गर्दै लैजाने नगरपालिकाका उप–प्रमुख हरिहर शर्माले जानकारी दिए । 
 

प्रतिक्रिया