धौलागिरी जागरण दैनिक १५ वर्षमा, संचार माध्ययमको भुमिका महत्वपुर्ण छ: केपी ओली 

  • फाल्गुण २३, २०७८

पोखरा- आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा प्रकाशित धौलागिरी जागरण दैनिकले १५ औं वार्षिकोत्सव सोमबार पोखरामा मनाएको छ । 
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाज परिवर्तनका निम्ती संचार माध्यमको भुमिका महत्वपुर्ण रहेको बताए । उनले जनजागरणमा जागरण दैनिक थप शिखरता चुमेको बताए ।  
उनले सहकारी मार्फत डेढ दशक अघि देखि प्रकाशन गरेको पत्रिकाले  समाज रुपमान्तरणमा सहयोग प¥याएको बताए । समाजको हरेक परिवर्तनका लागि संचार माध्ययमको भूमिका अपरिहार्य भएको उल्लेख गर्दै ओलीले पत्रकार जिम्मेवार हुनुपर्ने आवश्यकता औल्याए । उनले सहकारी मार्फत संस्थागत रुपमा सञ्चार माध्यम सञ्चालन गरेर उदाहरणीय कार्यको प्रयास भएको र आगामी दिनमा कुनै लहडमा नभई तथ्यमा पुगेर पत्रकारितालाई निरन्तरता दिन आग्रह गरे । सहकारी नेपालको अर्थतन्त्रको एक महत्वपूर्ण खम्बा भएकाले सहकारीलाई उद्धेश्यमा केन्द्रित गरेर सञ्चालन गर्न सके समाज र देशले गतिलिन सक्ने बताए । 
“सहकारीले बचत तथा ऋण मात्रै गर्छ भन्ने छ तर यस्ता पनिसहकारी छन् जसले सञ्चारको क्षेत्र र सामाजिकउत्तरदायित्वका क्षेत्रमा पनि थुप्रै काम गरेको देखियो” ओलीले भने “जनजागरण अभियानमा आदर्श सञ्चार सहकारी र यसले प्रकाशन गर्ने धौलागिरी जागरणले थप सफलता हासिल गरोस्, दूर दराजमा लुकेर रहेका कुरालाई उजागर गर्दै समृद्ध नेपाल सुखी नेपालीको सपनालाई सार्थक तुल्याओस् ।” सञ्चार मार्फत समृद्ध समाज निर्माणमा जागरण दैनिक जस्ता सबल सञ्चार संस्था स्थापना हुनुपर्ने उनको जोड थियो । 
कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा नेकपा एमालेका गण्डकी प्रदेश सह–इञ्चार्ज मन कुमारी केसीले सबल सशक्त र दीगो सञ्चार संस्थाको आवश्यकता बोध गरेर सुरु गरिएको पत्रिका डेढ दशक अविछिन्न प्रकाशितहुनु सुखद सन्देश भएको बताईन । लामो समय महिलाले नेतृत्व गरेको सहकारीले सञ्चारका साथै आर्थिक, सामाजिक र परोपकारी क्षेत्रमा समेत महत्वपूर्ण भूमिका खेलेको बताईन । 
कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले संस्थागत रुपमा जिल्ला स्तरमा धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक प्रकाशन गरिएको र प्रविधिको तिव्रतर विकाससँगै प्रादेशिक स्तरमा आदर्श सञ्चार डट कम सञ्चालन गरिएको बताए । 
आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्षहुमा कुमारी जिसी अञ्जुले सहकारीले सञ्चार क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेरकाम गर्दै आएको र आगामी दिनमा गण्डकी प्रदेशको राजधानी पोखराबाट सेवादिने उद्धेश्य रहेको बताईन । २०६३ फागुन २३ गते देखि प्रकाशित धौलागिरी जागरणले आफ्नो सह प्रकाशनका रुपमा अग्रसर साप्ताहिक, आदर्श सञ्चार डटकम सञ्चालन, धौलागिरी टेलिभिजनमा समेत सहकार्य गर्दै आएको आदर्श सञ्चार सहकारीले जनाएको छ । 

प्रतिक्रिया