काँग्रेसको चुनावी अभियान बरेङमा घरदैलोमा व्यस्त उम्मेदवार

  • फाल्गुण ७, २०८२

बागलुङ –  आगामी फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली काँगेस बागलुङ क्षेत्र नं. १ को चुनावी अभियानलाई तिब्र बनाईएको छ । काँग्रेसले बुधबार बरेङ गाउँपालिकामा आफ्नो अभियान संचालन गरेको छ । काँग्रेसका उम्मेदवार भीम श्रीस राना सहितको टोलीले बरेङ गाउँपालिकाका विभिन्न वडामा घरघरमै पुगेर मतदातालाई भेटेको छन । उम्मेदवारले घरघरमा पुगेर जनताका समस्यालाई बुझ्दै र आफुले यस क्षेत्रको विकासका निम्ती खेल्न सक्ने भुमिकाको बारेमा छलफल गरेका छन । समानुपातिक उम्मेदवार शकुन्तला शर्मा सहित नेपाली काँग्रेस बागलुङका पूर्व सभापति  एवं गण्डकी प्रदेश सभा सदस्य दिपेन्द्र बहादुर थापा, महाधिवेशन प्रतिनिधि चिरञ्जीवी गौतम, तरुणदलका केन्द्रीय सदस्य शेरबहादुर विक, नेविसंघका पूर्व अध्यक्ष एवं काठेखोला गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष खड्का लगायतका नेताहरु सहितले घरदैलो गरेका हुन । 
उम्मेदवारलाई जनताले यस क्षेत्रमा अधुरा रहेका काम सम्पन्न गर्नका निम्ती आग्रह गरेका छन । उनिहरुले देशमा राजनितिक स्थायित्व र जनताका आधारभुत आवश्यकता सहजरुपमा पुरा गर्ने निति ल्याउन श्रीसलाई आग्रह गरेका छन । उनिहरुले यस पटक यस क्षेत्रकै प्रतिनिधिलाई भोट गर्नपाउँदा खुसी समेत व्यक्त गरेका छन ।  श्रीसले मतदाता सँग आफ्नो पहिलो प्राथमिकता भनेको जनताका लागि सहज हुने निति परिवर्तन र यस क्षेत्रको विकास रहेको बताएका छन । उनले आफु यस क्षेत्रका जनतासँग निरन्तर संवादमा रहेको हुँदा निर्वाचन जितेपनि हारे पनि सँगै रहने बाचा गरेका छन । उनले यहाँका जनताको अमुल्य मतको सम्मान हुने काम गर्ने गरी अगाडी बढेको बताए । 
समानुपातिकका उम्मेदवार शकुन्तला शर्माले काँग्रेस नविन र नयाँ संकल्पका साथ अगाडी आएको हुँदा यस पटक रुख चिन्हमा मतदान गरी काँग्रेसलाई बहुमत दिन आम मतदातालाई आगैह गरिन । उनले  देशमा अनुभवी र दक्ष नेतृत्व आवश्यक रहेको र त्यो काँग्रेसमा संभव रहेको बताईन । 
विहान बरेङ गाउँपालिका–५ सुखौराको भित्रीवनबाट सुरु भएको अभियान वडा नं. ४ को सल्यान, थप्लुङ वडा नं. ३ को बाटाकाचौर नयाँ बजार, धनमुढा, नेटकापखरा वडा नं. २ हुग्दिशिरको कापलठुटा, घट्ट बाराकोट र बरेङ बजारका मतदातालाई भेटघाट गरिएको थियो । 

May be an image of one or more people and mountain

May be an image of one or more people

May be an image of one or more people

 

 

प्रतिक्रिया