बागलुङका पत्रकारहरुसंग बीमा सम्बन्धी अन्तरक्रिया

  • मङ्सिर १२, २०८१

बागलुङ- बागलुङका पत्रकारहरुसंग बीमा सम्बन्धी अन्तरक्रिया गरिएको छ । नेपाल बीमा प्राधिकरण गण्डकीको आयोजनामा मंगलबार बागलुङमा क्रियाशिल पत्रकारहरुसंग  अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा सहभागीले विभिन्न कारणले हुने क्षति न्यूनिकरणका लागि गाउँ गाउँमा बीमाको पहुँच पु¥याउनुपर्नेमा जोड दिएका थिए । ‘आम नागरिकलाई बीमाको बारेमा सचेत बनाउनुपर्ने र बीमाका प्रक्रियाहरुलाई पनि सहज बनाउनुपर्ने छ,’कार्यक्रममा सहभागीले भने,‘बीमाको झन्झटिलो प्रक्रियाले पनि नागरिकले यसप्रति चासो नदिएको विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ ।’
 कृषि बीमाको कार्यक्रमलाई बीमा कम्पनीहरुले गम्भीरता पूर्वक आम नागरिकसम्म पु¥याउने नसकेको उनीहरुको भनाई थियो । ‘कृषि बीमा गर्ने कम्पनीहरु सदरमुकाम केन्द्रित छन्, किसानले गाउँ गाउँमा आफ्नो काम गरेर बसेका हुन्छन्,’उनीहरुले भने,‘किसानलाई बजारमा आउने फुर्सद छैन । बीमा कम्पनीले किसानसम्म पुगेर उनीहरुलाई सेवा दिने विषयमा बीमा प्राधिकरणले नीतिगत रुपमा व्यवस्था गर्नु जरुरी छ ।’ कार्यक्रममा बीमा प्राधिकरणका गण्डकी प्रदेश प्रमुख केशवप्रसाद दाहालले बीमा बारेका भ्रम चिरेर आम नागरिकको पहुँचमा पु¥याउन पत्रकारहरुको साथ जरुरी रहेको बताए । 
‘बीमाको बारेमा विभिन्न भ्रमहरु छन्, त्यसलाई निवारण गर्नका लागि हामीलाई पत्रकारज्यूहरुको साथ चाहिएको छ, तपाईहरुको माध्यमबाट एकै पटक ठूलो समुहमा सत्य सूचना पु¥याउन सकियो भने हामीलाई पनि सहजता हुन्छ,’उनले भने । कार्यक्रममा प्राधिकरणका सहायक निर्देशक सुदिप गिरीले बीमाको आवश्यकता र चुनौतीबारे प्रस्तुतिकरण गरेका थिए । उनले बीमाको महत्व, बीमालाई ग्रामीण क्षेत्रमा पहुँच बढाउने, आर्थिक क्षति न्यूनीकरणको पूर्वतयारी, लघु बीमा र कृषि बीमा लगायतको विषयमा जानकारी गराए । बिपदबाट हुने क्षति न्यूनीकरण, बीमा कम्पनीबाट कोही पीडित भएमा जिल्ला अदालत सरहको कानूनी उपचार पाउने प्राधिकरणको व्यवस्थाबारे पनि जानकारी दिए । 
नेपालमा अहिले १४ वटा जीवन बीमा, १४ वटै निर्जीवन बीमा, ७ वटा लघु बीमा र २ वटा पुर्नबीमा कम्पनीले काम गरेको गिरीले जानकारी दिए । बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख केशवप्रसाद दाहालको अध्यक्षता, सहायक निर्देशक सुन्दर प्रसाद शर्माको संचालन र बलराम लामिछानेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले बीमाको दाबी भुक्तानी प्रक्रियालाई सहज बनाउन आग्रह गरे । उनले बीमा मार्फत लिने सेवामा नागरिकले अहिले पनि सास्ती पाउने गरेको उल्लेख गरे । कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकारका साथै जीवन तथा निर्जिवन बीमा कम्पनीका प्रतिनिधि समेत सहभागी थिए ।

प्रतिक्रिया