बागलुङमा श्रम शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न 

  • पुस १४, २०८१

बागलुङ- बागलुङमा श्रम शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । श्रम तथा रोजगार कार्यालय पोखराको आयोजना र बागलुङ उद्योग वाणिज्य संघको समन्वयमा श्रमिक शिक्षा सम्बन्धी  अभिमुखकरण कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य डिल्लिराम सुवेदीले देशको आर्थिक सुधारको लागि  औद्योगिक क्षेत्रको नीतिगन सुधारको आवश्यकता रहेको  बताए । 
अर्थतन्त्र सुधारको लागि नीतिमा व्यापक सुधारको प्रतिक्षा भैरहेको भन्दै नीतिगत सुधारले मात्रै नेपालको नीजि क्षेत्रकोले फड्को मार्ने धारणा राखेका थिए । 
नेपाली रोजगारीको लागि विदेश पलायन भैरहेको र श्रमको क्षेत्रमा खोजेको श्रमिक नपाउने समस्या रहेको बताए ।  
नेपालमा भारतीय कामदार ल्याउन पर्ने अवस्था विद्यमान रहेको, नेपाली रोजगरीको खोजीमा  वाहिर जाने गरेको तर नेपालबाट भारतले ठूलो मात्रामा रेमिट्यान्स भित्राउने गरेको बताए ।  कार्यक्रममा   श्रम तथा रोजगार कार्यालय पोखराका इन्जिनियर इश्वरमणी भण्डारीले श्रमिक शिक्षा र कानूनी व्यवस्था वारे जानकारी, कार्यालय प्रमुख वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले श्रम अडिट सम्बन्धी विद्यमान कानूनी प्रावधान, आवश्यकता, महत्व सम्बन्धी जानकारी र बाल समन्वय अधिकृत बद्रीप्रसाद वाग्लेले बाल अधिकार र बालश्रम सम्बन्धि कानूनी व्यवस्था वारे जानकारी दिएका थिए । 
बागलुङ उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा कार्यक्रमबारे जानकारी श्रम तथा रोजगार कार्यालयका नायब सुब्बा जिवाखर शर्मा दिएका थिए ।  कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्यको धन्यवाद मन्तव्य र महासचिव ऋषिराम गौतमको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा संघमा आबद्ध उद्योगि व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया