कालिगण्डकी करिडोर र बागलुङ-कुश्मिसेरा सडक खण्ड खुल्यो

  • साउन २९, २०८०

बागलुङ । जिल्लाको दक्षिण बागलुङ जोड्ने कालिगण्डकी करिडोर र बागलुङ कुश्मिसेरा सडक खण्ड तिन दिन पछि खुलेको छ । बागलुङ नगरपालिका–१० दब्ल्याङको पहिरोले अवरुद्ध सडक सोमबार दिउँसो खुले पछि दक्षिण बागलुङ जाने यातायात सुचारु भएको छ । आईतबार कालिगण्डकी करिडोर खण्डमा सडक खुलाउने प्रयास गरिए पनि दम्कमा थप पहिरोका कारण सडक संचालन गर्न सकिएको थिएन ।

सोमबार बागलुङ नगरपालिकाको  जेसिबीले दब्ल्याङमा पहिरोले बगाएको सडक मर्मत गरेपछि यातायात सूचारु भएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए । लगातार परेको पानीका बाढी सहित आएको पहिरोले करिडोर र  बागलुङ कुश्मिसेरा सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङका बलेवा, जैमिनी र बरेङ क्षेत्रका यात्रुले सास्ती खेप्नुपरेको थियो ।  पानी परे सडक अवरुद्ध हुने हुँदा बागलुङ नगरपालिकाले डोजर जेसीबी तत्काल मर्मतका लागि व्यवस्थापन गर्ने गरेको छ । 
 

प्रतिक्रिया