बागलुङ । राष्ट्रिय गौरवको रुपमा रहेको मध्यपहाडी पुस्पलाल लोकमार्गको अन्तरगत विहुँ– नरेठाँटी सुरुङ मार्गको सम्भाव्यता अध्यनको काम सुरु गरिएको छ । काठेखोला गाउँपालिकाको विहुँ देखी गलकोट नगरपालिकाको नरेठाँटी सम्म सुरुङ मार्गको प्रारम्भिक चरणको अध्ययनको काम सुरु भएको हो । सुरुङ मार्गको सम्भाव्यता अध्ययनका सडक विभाग अन्तरगत क्वालिटी रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरले जिम्मा पाएको छ । सम्भाव्यता अध्ययनका निम्ती प्राविधिकहरुको टोली अहिले यस क्षेत्रमा रहेको छ । मार्गमा सुरुङको संभाव्यता अध्ययनका निम्ती संघिय सरकारले काम अगाडी बढाएकाे छ भने गण्डकी प्रदेश सरकारले निति तथा कार्यक्रम मार्फत नै अगाडी ल्याएको थियो सोही अनुसार संघिय सरकारले प्रारम्भिक अध्ययनको लागि टोली खटाएको हो ।
प्रारम्भिक अध्ययनको क्रममा जियोफिजिकल म्यापिङ अर्थात ड्रोन सवै भै भौगोलिक नक्सा निर्माण कार्य हुनुका साथै बाहिरी डिजाइन बनाउने छ । यस क्षेत्रमा माटो र चट्टानको अवस्था कस्तो छ भन्ने पत्ता लगाउने छ । यसका लागि जियोफिजसिष्ट उमेशचन्द्र भुषालको नेतृत्वको टोली अध्ययनका लागि आएको छ । ‘पहिले चरणमा यहाँको चट्टानको अवस्था हेरेपछि यहाँ टनेल बनाउन मिल्छ की मिल्दैन भन्ने बुझीन्छ’ भुषालले भने , ‘ यसको अध्ययनका लागि अर्को टोली पनि छ अध्ययन टोलीले सवै कुरा हेरेर सम्भावन कति छ त्यो प्रतिवेदन सरकारलाई बुझाउँछ त्यसपछि विस्तृत अध्ययन हुनेछ । उनले विस्तृत अध्ययन पश्चात मात्र राज्यले यो योजना प्राथमिकतामा राख्यो भने मात्रै सुरुङमार्गको काम अगाडि बढ्ने बताए ।
हाल अक्षेते हुँदै विहुँको उकालो र घोडाँबाधे पुगेपछि दुदिलाभाटीको ओराले गरी झण्डै ३० किलोमिटर घमाउरो सडकको प्रयोग भै रहेको छ । सुरुङ बनेमा ७.५ किमीमा छोटिने भुषालले बताए ।
मध्यपहाडी लोकमार्ग नेपालको पूर्वदेखि पश्चिम जाने भएकोले जतिसक्यो छोटो बनाउनका निम्ती गण्डकी प्रदेश सरकारले यस क्षेत्रमा सुरुङ मार्गको अध्ययनको काम थालेको हो ।
प्रदेश सरकारले गण्डकीमा तीन सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन थालेको हो । नीति, कार्यक्रम र बजेटमा पाँच सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको प्रदेश सरकारले बागलुङको बिहुँ–नरेठाँटी र म्याग्दीको दानाबाट मुस्ताङको घाँसा जोड्ने सुरुङमार्गको भने संघिय सरकाले अध्ययन थालेको हो । लोकमार्गको कास्कीको हेम्जा देखी पनि सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्न योजना रहेको छ । लोकमार्गलाई छोटो र स्तरीय बनाउनुपर्ने आम बुझाई अनुरु सवैको आग्रहमा यस क्षेत्रमा सुरुङ मार्गको सम्भाव्यता अध्ययनको काम अगाडी बढाएको गण्डी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले बताए । अध्ययन प्रतिवेदनकै आधारमा सुरुङमार्ग बनाउने काम अगाडि बढ्ने बताईएको छ ।
नेपालमा पछिल्लो समय सुरुङमार्गको अध्ययन बढ्न थालेको छ । दुइ बर्षदेखि धादिङको नौबिसेदेखि काठमाण्डौं जाने सुरुङमार्ग बनिरहेको छ । यो मार्गले गति लिएपछि अन्य संभाव्य स्थानमा अध्ययन गर्न जनप्रतिनिधिहरुले पनि चासो बढाएका छन् ।
मध्यपहाडी लोकमार्ग राष्ट्रिय गौरवको आयोजना रहेको हुँदा सुरुङ मार्ग बन्नेमा यस क्षेत्रका बासीन्दा पनि विश्वस्त रहेका छन । सुरुङ मार्ग बने सँगै पश्चिम बागलुङका लागि धेरै सहज बन्ने छ । यसले सदरमुकाम सँग जोड्ने छोटो दुरी कायम हुने गलकोट नगरपालिका नगरप्रमुख भरत शर्मा गैरे बताउँछन । पर्यटक तथा सर्वसाधारणको आउजाउदेखि त्यस क्षेत्रको आर्थिक, सामाजिक विकासमा उक्त सुरुङमार्गले महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ । घुमाउरा सडक भएका पहाडी भूगोलमा सुरुङमार्ग निर्माण गर्ने सङ्घ सरकारको नीतिलाई प्रदेशले पनि पछ्याएको हो ।