बागलुङ - आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेस बागलुङ प्रतिनिधि सभा क्षेत्र नं.–२ बाट प्रत्यक्षका लागि १० जनाको नाम सिफारिस गरिएको छ । मंगलबार बसेको क्षेत्रीय समितिको बैठकबाट प्रत्यक्ष तर्फ १० जना आकांक्षीको नाम सिफारिस गरिएको हो । बैठकमा आकंक्षीलाई आफ्नो उम्मेदवारी दर्ताका लागि आह्रवा गरिएको थियो । सोही अनुसार प्रत्यक्षमा १० जना समानुपातीकमा ४ जना र राष्ट्रिय सभामा ३ जनाको नाम दर्ता भएको थियो । दर्ता भएको सवैको नामावली जिल्ला कार्यसमिति मार्फत केन्द्रीय समितिमा पठाईने क्षेत्रीय सभापती जोकलाल बुढा मगरले जानकारी दिए । प्रत्यक्ष तर्फ अर्जुन शेरचन, टेकराज पौडेल, नरबहादुर पुन निरज, मञ्जेशबम मल्ल, गिता श्रीष, धुव्र गौतम, डण्डापानी शर्मा ऋषिराम कंडेल, डिलाराम शर्मा र देवेन्द्र कुमार घर्ति मगर रहेको छ ।
सिफारिस भएका अर्जुन शेरचन काँग्रेसका महाधिवेशन प्रतिनिधि हुन भने काँग्रेस गण्डकी प्रदेश सदस्य समेत हुन । उनि २०७४ सालको स्थानीय तहको निर्वाचनमा ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा पराजित भएका थिए । त्यसैगरी टेकराज पौडेल हाल काँग्रेसको महाधिवेशन प्रतिनिधि हुन उनी नेपाल विद्यार्थीको राजनिति देखी नेपाल तरुणदल हुँदै १४ औ महाधिवेशनमा केन्द्रिय सदस्यको उम्मेदवारी रहेका थिए । नरबहादुर पुन निरज पनि महाधिवेशन प्रतिनिधि हुन भने उनि संविधान सभा सदस्य पनि रहेका छन । उनि २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभाको उम्मेदवार समेत थिए । सिफारिस भएका मञ्जेशबम मल्ल हाल महाधिवेशन प्रतिनिधि हुन भने उनि २०७४ सालको निर्वाचनमा क्षेत्र नं. २ प्रतिनिधि सभा (क) को प्रदेश सभा सदस्यको उम्मेदवार थिए । बाम गठबन्धनका कारण मल्ल पराजित भएका थिए । त्यसैगरी गिता श्रीष, ऋषिराम कंडेल देवेन्द्र बहादुर घर्ति पनि हाल महाधिवेशन प्रतिनिधि रहेका छन भने डण्डपाणी कंडेल पूर्व महासमिति सदस्य हुन । सिफारिस भएका धुव्र गौतम, डिलाराम शर्मा पुर्व महाधिवेशन प्रतिनिधि हुन । सिफारिस भएका १० जनाले नै आफुले पार्टीमा निरन्तर दुःख गरेको र सोही अनुसार मूल्याङ्कन गरी पार्टीले उम्मेदवार बनाउनुपर्ने बताएका छन ।
प्रतिनिधि सभाका लागि समानुपातिक तर्फ रेणुका काउचा मगर, सागर छन्त्याल, मायाँ केसी र भिमु क्षेत्री सिफारिस भएका छन । काउचा काँग्रेसको महाधिवेशन प्रतिनिधि हुन भने उनि २०७४ सालको स्थानीय तहको निर्वाचनमा गलकोट नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी थिईन । त्यसै उनी नेपाल महिला संघको केन्द्रीय सदस्य भईन भने २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा काँग्रेसबाट समानुपातिक उम्मेदवारको सुचिमा रहेकी थिईन । त्यस्तै सागर छन्त्याल नेपाली काँग्रेस बागलुङका उपसभापति हुन भने माया कुमारी केसी जिल्ला सदस्य हुन । समानुपातिकमा नै सिफारिस भएकी भिमु क्षेत्री काँग्रेस क्षेत्रीय सदस्य रहेको सभापती बुढा मगरले जानकारी दिए ।
यस क्षेत्रबाट राष्ट्रिय सभाका लागि पनि ४ जनाको नाम सिफारिस गरिएको छ । जसमा बरिष्ठ अधिबक्ता रामप्रसाद आचार्य, डा. शान्तराज न्यौपाने, र मेशलाल शर्मा रहेका छन । आचार्य र न्यौपाने पूर्व महासमिति सदस्य हुन भने शर्मा प्रदेश (ख) का क्षेत्रीय सभापति हुन । राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हुने तय भएको छ ।
नेपाली काँग्रेसको केन्द्रीय सर्कुलर अनुसार क्षेत्रीय समितिले आकंक्षीहरुलाई उम्मेदवारी दर्ताका लागि आह्रवान गरेको थियो । सोही अनुसार दर्ता हुन आएको सवैको नामवाली केन्द्रमा पठाउने सभापती बुढाले जानकारी दिए ।