बागलुङ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुभारम्भ

  • मङ्सिर २२, २०८२

बागलुङ -   बागलुङ नगरपालिका स्तरीय ८औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।  सोमबार देखी बाङ्गेचौर खेलमैदानमा सुरु भएको प्रतियोगिताको बागलुङ नगरपालिका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले खेलकुदको माध्यमबाट बागलुङ नगरपालिकालाई चिनाउनको लागि यस्ता प्रतियोगिता  कोशेढुगां सावित हुने विश्वास व्यक्त गरे । उनले खेलको माध्यमबाट एकताको सन्देश दिने बताएका छन् । उनले बागलुङ नगरपालिका भित्रका विद्यार्थीको एकता कायम गर्ने बताए । उनले बागलुङ नगरलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा विभिन्न खेलकुदका कार्यक्रमले  चिनारी गराएको छ । 

कार्यक्रममा चिल्डेनलाइफ इग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठ, नगर बाल संजालका अध्यक्ष  अनुष्का कंडेल लगाएतले शुमकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्ष बागलुङ नगरपालिका प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद शर्माको अध्यक्षता  वडा नं. ११  का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयाेजक ज्ञानेन्द्र गौतमकाे स्वागत र नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतियोगितामा ४१ विद्यालको सहभागिता रहेको  छ । सोमबार भएको खेलमा छात्र भलिवल तर्फ भएको खेलमा न्यू ओएसिस र धौलागिरी बहिरा माध्यमिक विद्यालय बीच भएको खेलबाट धौलागिरी बहिरा अघिल्लो चरणमा प्रशेव गरेको छ भने फ्फुचर ब्राइटर र चौतारे डाँडाँ माध्यामिक विद्यालय बीच भएको खेलबाट फ्फुचर ब्राइटर अघिल्लो चरणमा प्रवेश गरको छ । त्यस्तै ८ विद्यालयको सहभागिता रहेको छात्र भलिवलमा भने रुर्दे पिपल मा वि र धौलागिरी बहिरा बीचमा भएको खेलबाट धौलागिरी बहिरा अघिल्लो चरण्मा प्रवेश गरेका छन् ।  प्रतियोगितामा छात्र छात्रा कवड्डी प्रतियोगिता,मार्सलआर्ट तर्फको खेल आयोजना रेहेको सदस्य पाण्डेले जानकारी दिईन् । मंगलबार थप प्रतियोगिताहरु सञ्चालन हुने छन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय