बागलुङ- बागलुङको निसीखोलामा पिकअप जिप दुर्घटना भएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगतको निसीखोला गाउँपालिका–२ खाडु भन्ने स्थानमा जिप दुर्घटना भएको थियो । दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन । मृत्यु हुनेमा ढोरपाटन नगरपालिका वडा नम्बर १ का ४७ बर्षिय ऋतुवर्ण पौडेल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवत्ता डिएसपी इकवाल हवारीले जानकारी दिए ।
मंगलबार साँझ झण्डै ७ बजे निसीखोला गाउँपालिकाबाट बुर्तिबाङ बजार फर्कदै गरेको लु१त ९४८० नम्बरको पिकअप जिप जिप सडक देखी झण्डै १५० मिटर तल खोलामा खसेको थियो । जिपधनी समेत रहेका पौडेल आफै गाडी चलाएको प्रहरीले जनाएको छ । दुर्घटनामा रुपन्देही जिल्ला तिलोत्तम नगरपालिका ७ का ३८ बर्षिय सुरेश थापा घम्भिर घाईते भएका छन । घाईतेको उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याईएको छ भने मृतकको सवको उद्धार गरिएको प्रहरीले जनाएको प्रहरी प्रवत्ता हवारीले जानकारी दिए । दुर्घटनाको प्रारम्भिक अनुसन्धानमा जिप अनियन्त्रीत भै तल खसेको बुझिएको छ । यसको थप अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ । मृत्यु भएको पौडेल नेकपा एमाले ढोरपाटन नगरपालिकाका अध्यक्ष हुन भने उनि लामो समय स्वास्थ्यकर्मीको रुपमा काम गरेका थिए । उनि बुर्तिबाङ बजारको सफल व्यवसायीको रुपमा समेत परिचित थिए ।