काठमाडौं-चर्चामा आउनका लागि काठमाडौं क्षेत्र नं ४बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका अर्जुन कुमार प्रसाइँले आँफैलाई भोट दिन पाउँदैनन् । काठमाडौं महानगरपालिका वडा नं ६का बासिन्दा प्रसाइँको मतदाता नामावली क्षेत्र नं ५मा रहेको छ । प्रसाइँले छापेको पर्चामा ठेगाना काठमाडौं महानगरपालिका वडा नं ६ सरस्वतीनगर लेखिएको छ ।
काठमाडौं क्षेत्र ४ नेपाली कांग्र्र्र्र्रेसका महामन्त्री गगन थापा निर्वाचन लडेको क्षेत्र भएकाले सबैले चासोका साथ हेरिरहेका छन् । थापाको क्षेत्र भएकाले राजनीतिक वृत्तदेखि आम जनता र मिडियाको समेत चासो छ । त्यही भएर प्रसाइँले आफूँ मतदाता गर्न पाउने छैनन् ।
इटहरीमा जन्मिएका प्रसाइँ सरकारी सेवाबाट निवृत्त भए पछि चर्चामा आउनका लागि प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन् । प्रसाइँलाई साथ दिने कोही नभए पछि एक्लै घेरदैलोमा हिँड्ने गरेका छन् ।
भोट माग्न जाँदा कतिपय मतदाताले उनलाई आफ्नै क्षेत्रमा नउठेर किन क्षेत्र परिवर्तन गरेर काठमाडौं ४मा आएको भनेर प्रश्न गर्ने गरेका छन् । काठमाडौ क्षेत्र नं ४मा काठमाडौँ महानगरपालिकाको १,७,८,३० र बूढानीलकण्ठ नगरपालिकाका आठ वडा क्रमश: १,२,८,९,१०,११,१२ र १३ वडा पर्छन् ।