• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • अर्थतन्त्र ,
  • पर्यटन

गुरुकुल संचालनका निम्ती  धार्मिक महोत्सव

  • पुस २६, २०७८

बागलुङ-  ससस्त्र द्धन्दको समयमा तत्कालिन विद्रोही पक्षले गुरुकुलहरु बन्द गराउँदै हिडेपछि जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँकोटमा रहेको गुरुकुल पनि बन्द भयो । बन्द गुरुकुल पुन संचालनका लागि पछि कठिनाई प¥यो । हाल अनौपचारिक रुपमा संचालन भएको गुरुकुल शिक्षा सञ्चालनको लागि धार्मिक महोत्सव आयोजना गरिएको छ । 
सरकार, स्थानीय र भक्तजनहरुको सहयोगबाट सञ्चालनमा रहेको गुरुकुललाई थप व्यस्थित बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । 
तत्कालीन द्वन्द्वको सुरुवात भएपछि रामकोटमा सञ्चालित गुरुकुल बन्द भयो । बन्द गुरुकुल अहिलेसम्म पनि सञ्चालनमा आउन सकेको छैन । गुरुकुल पुनस्थापनाका लागि स्थानीय आफै जुर्मुराएका छन् । त्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्यास आश्रम रामकोटधाम बिहुँ तथा बिहुँकोट अन्तर्राष्ट्रिय समाजको संयुक्त आयोजनामा यही माघ १ गतेदेखि ७ गतेसम्म धार्मिक महोत्सव आयोजना गरिएको छ । 
विस २०३३ सालदेखि सञ्चालनमा रहेको गुरुकुल राजनीति द्वन्द्वका कारण २०५२ पछि बन्द भएको र अहिले त्यसलाई पुनः सञ्चालनका लागि महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक समितिका सहसंयोजक गौरीशंकर शर्मा सुवेदीले जानकारी दिए । “परमानन्द सन्यास आश्रमका संरक्षक श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजद्वारा स्थापित अधिकांश गुरुकुलहरुलाई केन्द्रीकृत गरी देवघाटमा गुरुकुल सञ्चालन भैरहेको छ,’ उनले भने–‘बिहुँ रामकोटमा अनौपचारिक रुपमा यो सञ्चालन भैरहेको छ, त्यसलाई औपचारिकता दिने योजनाले अघि बढेका छौँ ।
बिहुँमा रहेको संस्कृत गुरुकुललाई औपचारिक बनाउने योजना अगाडि बढेको श्री परमानन्द वेदवेदाङ्ग संस्कृत विद्यालयका प्रधानाध्यापक हंशचैतन्य ब्रह्मचारीले बताए । ‘अहिले देवघाटको विद्यालयमा वार्षिक तीन सय बढी विद्यार्थीहरु आउँछन्,’ उहाँले भन्नुभयो– ‘त्यहाँ जम्मा वर्षमा ३० जना मात्रै विद्यार्थी राख्न सकिन्छ । 
काठेखोला गाउँपालिका—५ का वडाध्यक्ष शिवप्रसाद कँडेलले बिहुँको रामकोटलाई धार्मिक पर्यटन र संस्कृत विद्याका लागि परिचित थलो बनाउन आफूहरु तल्लीन भएको बताए ।  
देश विदेशबाट गरी महोत्सवमा चार करोड बढी सङ्कलन हुने अपेक्षा गरिएको छ । 
ब्रह्मोत्तरखण्ड पुराण पाठ परायण एवं विशिष्ट विद्वान्द्वारा कथा प्रवचन, लक्षवचन, महारुद्राभिषेक, वेदपाठ पारायण, सप्तशती, गीता, विष्णु, सहस्रनाम पाठ परायण, पञ्चदेवोपासना, भक्ति सङ्गीत लगायतका कार्यक्रम गरिनेछ । महोत्सव सहयोग गर्ने सहयोग दाताहरुलाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ । 
 

प्रतिक्रिया