बागलुङ- बागलुङमा आगामी बैशाख ७ गते देखी खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । बागलुङ नगरपालिका–४ मा रहेको संयुक्त चार युवा क्लबको आयोजनामा राजेन्द्र स्मृति कालिका यूपिभिसी कप २०७९ सेभेन ए साइड फुटबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम संचालन हुने भएको हो । सोमबार बागलुङमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी गराईएको थियो । स्व. राजेन्द्र कटवाल क्षेत्रीको स्मृतिमा उनको परिवार र कालिका युपिभिसिको सहयोगमा प्रतियोगिता संचालन हुने क्लबका अध्यक्ष अभिषेक कटवाल क्षेत्रीले जानकारी दिए ।
खुल्ला फुतबल प्रतियोगितामा ८ लाख लागत लाग्ने बताइएको छ । त्यस मध्य २लाख वडाको बजेत र स्वर्गीय राजेन्द्र कतुवाल क्षेत्रीको स्मृतिमा उनको परिवार र कालिका युपिभिसिबाट १ लाख र अरु सहयोग र जनश्रमदान बापत प्रतियोगिता सन्चालन गर्न लागिएको बताइएको छ । बानपा –४ मा रहेको ओडारचौर बहुउद्धेश्यीय खेलकुद मैदानमा संचालन हुने प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख, ट्फी, मेडल र प्रमाण पत्र र दोस्रो हुनेले ७० हजार नगद पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष क्षेत्रीले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार, उत्कृट गोल रक्षकलाई ३ हजार, उत्कृट मिडफिल्डरलाई ३ हजार, उत्कृष्ट डिफेन्डरलाई ३ हजार र उत्कृष्ट स्टइकर र किपरलाई ३ हजार नगद पुरस्कारको व्यवस्था गरिएका क्लबका सहसचिव रोशन कुँवरले बताए । प्रतियोगितामा सहभागीलाई टिम दर्ता शुल्क ७ हजार राखिएको छ । कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको सास्कृतिक कार्यक्रम समेत रहने आयोजकले जनाएको छ । प्रतियोगिता संचालनका लागि ८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । खर्चका लागि बागलुङ नगरपालिका–४ वडा कार्यलयबाट २ लाख रुपैयाँ स्व. राजेन्द्र कटवालको परिवारबाट र कालिका युपिभिसीको तर्फबाट १ लाख रुपैयाँ सहयोग भएको र अन्य खर्चको व्यवस्थापन स्थानिय रुपमा नै उठाउने आयोजकले जनाएको छ ।