‘लैगिंक समानताको आधारमा नीति निर्माण गरौं ’

  • पुस १३, २०८१

बागलुङ- राष्ट्रिय सभा सदस्य एवं विकास आर्थिक मामिला तथा शुसासन समितिका सभापति सांसद कमलादेवी पन्तले  हरेक तहमा लैगिंक समानताको आधारमा निति निर्माण गर्नुपर्ने बताएकी छन । उनले राज्यले नीति निर्माण गर्दा लैगिक मैत्री, वातावरण अनुकुल र सामाजिक समावेशीकरणको आधारमा तय गर्न जरुरी रहेको बताईन । 
पन्तको नेतृत्वमा संघिय र प्रदेशसभाका एक दर्जन सांसद सहित बागलुङ आएको टोलीलाई स्वागत गर्न आयोजित बागलुङ नगरपालिकाको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन । 
पन्तले समाजमा विद्यमान लैगिंक जातिय असमानता, विवभेदयुक्त व्यवहार र मान्यतालाई अन्त गर्ने निति तिन तहकै सरकारमा आवश्यक रहेको हुदा यस्तो निति केन्द्र सरकारले नै ल्याउन आवश्यक रहेको बताईन । 
पन्तले सामाजिक समावेशीकरणले समाजमा बिभेद अन्त्य गर्ने हुँदा सवै वर्ग र जातिलाई समान हैसियतमा राख्न जरुरी रहेको बताई । 
‘भौतिक बिकास गर्दा वातावरणको पनि ख्याल गर्न जरुरी रहेको छ । जलवायु परिवर्तनका कारण हाम्रा हरेक सम्पदामा असर पनि पुगेको छ पन्तले भनिन्–‘ पछिल्लो समय वन क्षेत्र बढ्ने तर वन ऐन अभावमा स्थानीयले खेप्नु परेको सास्ती बारे सरकारको ध्यानाकर्षण गराउन जरुरी छ प्रदेश र संघिय सरकारले यसमा ध्यान दिनुपर्छ । 
एनले सरकारले वन ऐन नल्याउँदा जंगल क्षेत्र बढेपनि जनताले फाइदा नपाएको गुनासो गर्दै  नीति निर्माण गर्दा दिगो बिकासका आधार रोज्नुपर्ने समेत सुझाव दिइन् ।

बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठले दिगो बिकासका अवधारणामा काम गरेको बताए । उनले त्यसका लागि दिर्घकालिन र मध्यकालिन योजना बनाएर शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतमा पनि लगानी बढाएको बताए । डोजरे बिकास अन्त्य गरी भएका सडक स्तरीय बनाउने, नगरलाई तरकारी, दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउने तथा सामाजिक बिकासलाई प्राथमिकता दिने लक्ष्य पनि सुनाए । कार्यक्रममा सहभागी सांसदहरुले जिज्ञासा समेत राखेका थिए । 

कार्यक्रममा नगरपालिका सामाजिक बिकास समितिका संयोजक ज्ञानेन्द्र गौतमले सामाजिक विकासको गतिविधिका बारेमा जानकारी गराएका थिए भने नगरपालिकाको ऐन कानुन र दिगो विकासका बारेमा प्रशासकीय अधिकृत भीमसेन पन्त जानकारी गराएका थिए । कार्यक्रममा सांसदको टिमलाई संयोजन गरेर ल्याएको सर्पोट नेपालका विषय विज्ञ रोकश रञ्जन कर्णले स्थानीय सरकारले बनाएका नीति नियम तथा कार्यक्रमको अध्ययन र संघिय सरकारलाई सुझाव संकलन लगायतको विषयमा जानकारी गराएका थिए । कार्यक्रममा  राष्ट्रिय सभा सदस्य तथा कानुन व्यवस्था समितिका अध्यक्ष, तुलसा कुमारी दाहाल, राष्ट्रिय सभा मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्त, राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्ट, किरण श्रेष्ठ, गण्डकी प्रदेश सभा सदस्य कल्पना तिवारी, कुशुम बुढा मगर, दलित आयोगका सदस्य सुन्दर पुर्कुटी, मुस्लीम आयोगका सदस्य मिर्जा अर्सद वेग, लगायतको उपस्थिती रहेको थियो । सर्पोट नेपालको संयोजनमा स्थानिय तहका कानुन, विकास निर्माण र अन्य प्रगतीका बारेमा संघिय सांसद, प्रदेश सांसद विभिन्न आयोगका प्रमुख एवं प्रतिनिधिको सहभागीतामा यस्ता कार्यक्रम संचालन गर्दै आईएको छ । 

प्रतिक्रिया