विद्यामन्दिरको ८१ औं बार्षिकोत्सव सम्पन्न

  • फाल्गुण २, २०७८

बागलुङ- बागलुङको सवै भन्दा जेठो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयको ८१ औ वार्षिकोत्सव सम्पन्न भएको छ । आइतबारबाट सुरु भएको वार्षिकोत्सव आज मूल समारोह सहित सम्पन्न भएको हो ।
समापन कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख जनराज पौडेलले शिक्षा क्षेत्रको विकासको लागि नगरपालिका लागि परेको भन्दै शिक्षा क्षेत्रको विकासमा सवैको साझा पहल हुनुपर्ने बताए ।
कार्यक्रममा बागलुङका सहायक प्रमुअ जिल्ला अधिकारी गणेश प्रसाद पौडेल,नेकपा एकिकृत समाजवादी बागलुङका अध्यक्ष लाल बहादुर थापा, बागलुङ नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष गणेश थापा ,पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज शर्मा ,पूर्व प्रअ लक्ष्मण कुमार ओझा, पूर्व विद्यालय व्यवस्थापन समितिका सदस्य डियर बाबु हमाल, पूर्व शिक्षक डिल्लीराज गौतम, चयनदेवी श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वार्षिकोत्सवको अवसरमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण (शिक्षा) र विद्यालयको आन्तरिक कोष गरी ५८ लाखको लागतमा निर्माण भएको सभाहलको नगर प्रमुख पौडेलले उद्घाटन गरेका थिए ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृष्णराज शमार्, पूर्व सदस्यहरु डियर बाबु हमाल ,हरिप्रसाद सापकोटा, धनमाया शर्मा ,रमेश थापा लगाएतलाई सम्मान गरिएको थियो ।
त्यस्तै मावि शिक्षक तर्फ कुलराज शर्मा,आधारभूत तह अन्र्तगत मायादेवी शर्मा, विद्यालय कर्मचारी मनप्रसाद गोतामेलाई सम्मान गरिएको छ । सो अवसरमा विद्यायलमा स्थापना भएका विभिन्न अक्षय कोषबाट विपन्न ,जेहेन्दार र उत्कृष्ट ५४ जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा वार्षिक प्रतिवेदन विद्यालयका प्रअ शान्तमणी ढकाल र संचालन शिक्षक छविरमण रेग्मीले गरेका थिए । आइतबारबाट सुरु भएको वार्षिकोत्सवको अवसरमा विद्यालयले आन्तरिक प्रतियोगितात्मक कार्यक्रम समेत सम्पन्न भएका थिए ।
कोभिड महामारीका कारण विगतको तुलनामा कम सख्याको उपस्थितिमा कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया