बागलुङ जेसीजको वर्ष २०२१ को जेसीज सप्ताह सकियो 

  • कार्तिक १२, २०७८

बागलुङ- जेसीजले ग तगत शनिबार देखी  शुरु गरेको जेसीज सप्ताह २०२१ शुक्रबार  सम्पन्न गरेको छ । समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रदेश सभा सदस्य ईन्द्रलाल सापकोटाले जेसीज यूवाहरुको संस्था भएकोले समाज परिवर्तन तथा समाजमा उदारणीय कार्य गर्नु पर्ने साथै नेपाल जेसीज र बागलुङ जेसीजलाई सधै साथ र सहयोग गरिरहने विचार व्यक्त गरेका थिए । 
युवाहरुको क्षमता र नेतृत्व बिकासमा सक्रिय रहेको संस्थाले स्वर्गिय प्रगति कुमार स्मृति बक्तृत्वकला, पुरस्कार बितरण सहित समापन गरिएको हो । जेसीज बागलुङमा आवद्ध प्रगतिकुमार श्रेष्ठको अकालमै निधन भएपछि उनको परिवारले संचालन गरेको प्रगति कुमार स्मृति अन्तर बिद्यायलय बक्तृत्वकला सहित सप्ताह व्यापी रुपमा संचालन भएका बिभिन्न प्रतियोगिताका बिजेतालाई पुरस्कार बितरण र सप्ताह सफल पार्न सहयोग पु¥याउनेलाई मायाको चिनो प्रदान सहित सप्ताह समापन गरिएको हो । 
बागलुङ, पर्वत र म्याग्दीका गरि १० बिद्यालयका कक्षा ११ र १२ मा अध्यनरत बिद्यार्थीहरुको सहभागीता रहेको प्रतियोगितामा नमुना आवसीय मावि कुश्मा पर्वतका छात्रा पूर्णिमादेवि क्षत्री उत्कृष्ट र चिल्डे«न लाइफ बोडिङ स्कुलका छात्र श्रीराम लामिछाने सान्त्वना भएका थिए । समाजमा भएका बिकृति बिसंगतिलाई अन्त्य गर्नका लागि युवाहरु नै बढि जिम्मेवार हुनुपर्नेमा उनीहरुको जोड थियो । कार्यक्रममा म्याग्दी जेसीजका अध्यक्ष बिरेन्द्र श्रेष्ठ र स्वर्गिय प्रगति कुमार स्मृति कोषका प्रधान संरक्षक कृष्णबहादुर श्रेष्ठले मंतव्य व्यक्त गरेका थिए । कार्यक्रम बागलुङ जेसीज बर्ष २०२१ का शाखा अध्यक्ष आनन्दप्रसाद रेग्मीको अध्यक्षता, निवर्तमान अध्यक्ष सुरेन्द्र शाक्यको स्वागत र कार्यक्रम संयोजक साधना पन्तको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया