‘नाटा’ गण्डकी प्रदेश पर्यटकिय गन्तव्य पहिचाहन एवं प्रर्वद्धनका लागि बागलुङमा 

  • असार ४, २०७९

बागलुङ-    नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाटा) गण्डकी प्रदेशले बागलुङका पर्यटकिय गन्तव्यको पहिचाहन एवं प्रर्वद्धन गरेको छ । पर्यटनको क्षेत्रमा काम गर्ने यस संस्थाले जिल्लामा रहेका पर्यटयिक गन्तव्यको पहिचाहन र सम्भावनाको अध्ययनका साथै यसको प्रर्वद्धनका लागि बागलुङका विभिन्न स्थानमा पुगेर कार्यक्रम गरेको छ । 
शुक्रबार र शनिबार नाटा गण्डकी प्रदेशको टिमले बागलुङको बलेवा क्षेत्र र भकुण्डेका होमस्टे लगायतका पर्यटकिय क्षेत्रको प्रवद्धन गर्नुका साथै यस क्षेत्रलाई पर्यटकको हवको रुपमा कसरी विकास गर्न सकिन्छ त्यसको बारेमा सरोकारवालाई छलफल गरेको छ । गण्डकी प्रदेश पर्यटन, उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयले प्रर्वद्धन गरेको कार्यक्रमलाई बागलुङ नगरपालिका, नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद लगायतले सहयोग गरेका थिए । 
दुई दिनको कार्यक्रममा पर्यटन मन्त्रालयको टिम र पोखराका पर्यटन व्यवसायीले बागलुङको नारायणस्थानमा रहेको बलेवा विमानस्थल, पैयुँपाटाका विभिन्न पर्यटकिय स्थल, भैरवस्थान मन्दीर, मुलाबारी, पाग्जाकोट, भकुण्डेको होमस्टे, भ्युटावर, दह, पञ्चकोट, बागलुङ कालिका मन्दीर लगायतको स्थानमा पुगेर यस क्षेत्रको प्रर्वद्धन गरेका थिए । 
आन्तरिक तथा बाह्र  पर्यटकको लागि बागलुङ निकै सम्भावना रहेको क्षेत्र भएका कारण भोलीका दिनमा पोखरा आउने पर्यटक बागलुङ ल्याउन सजिलै सकिने नाटा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारी बताउँछन । 
उनले बागलुङ पोखरा पछिको दोस्रो ठुलो शहर र यहाँ विभिन्न पर्यटकिय गन्तव्य रहेका कारण पोखरा आउने पर्यटकलाई बागलुङ पठाउने बताए । नाटाको टिमलाई स्वागत गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्नका लागि नाटा गण्डकी प्रदेश सँग सहकार्य गर्ने बताए । उनले अब पोखरा मुस्ताङ मात्र हैन बागलुङ पनि पर्यटकको मुख्य आर्कषणको रुपमा विकास हुने बताए । 
अभियानमा पोखरार्मा ३० जना व्ययसायी सँगै गण्डकी प्रदेश पर्यटन उद्योग तथा आपुर्ती मन्त्रालयका सचिव ज्ञानेन्द्रराज पौडेल शाख अधिकृत दुर्गा श्रीष लगायतको टिम पनि सँगै रहेको थिए । मन्त्रालयका सचिव पौडेलले बागलुङको पर्यटकिय क्षेत्रको विकासका लागि गण्डकी प्रदेश सरकारले सँधै सहयोग गर्ने बताए । 
नाटा गण्डकी प्रदेशले हरेक समय समयमा विभिन्न जिल्लामा पर्यटकिय गन्तव्यको पहिचान गरी यसको प्रर्वद्धनमा टेवा पु¥याउँदै आएको नाटा गण्डकी प्रदेशका द्धितिय उपाध्यक्ष कमला गिरीले बताईन । उनले पोखरामा आउने पर्यटकलाई सहजै बागलुङ ल्याउन सकिने बताईन । 
 

प्रतिक्रिया