काँग्रेस महाधिवेशन: बागलुङका दुईवटै क्षेत्रमा मंगलबार निर्वाचन हुने

  • मङ्सिर ६, २०७८

२५ महाधिवेशन प्रतिनिधिका लागि ५१ जनाको उम्मेदवारी 

नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तरगत क्षेत्रीय अधिवेशन सोमबारदेखी सुरु भएको छ । जिल्लाका दुई वटै क्षेत्रमा अधिवेशन उदघाट्न भै उम्मेदवारी दर्ता पनि भै सकेको छ ।

मंगलबार निर्वाचन गर्ने निर्वाचन समितिले तयारी थालेको छ । क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय सभापति, सचिव, सहसचिव र सदस्य सहित केन्द्रिय महाधिवेशन प्रतिनिधि पनि चुनिनेछन । क्षेत्र नं. १ को अधिवेशन बागलुङ बजारमा सुरु भएको छ भने क्षेत्र नं. २ को अधिवेशन बुर्तिबाङमा चलिरहेको छ । क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशन नेपाली काँग्रेसका केन्द्रिय सदस्य रत्ना शेरचनले गरेकी थिईन भने क्षेत्र नं. २ को अधिवेशन काँग्रेस बागलुङका उपसभापति तुलासिंह घर्तिले गरेका थिए । 
अधिवेशनमा काँग्रेसका दुई पक्षिय समुह नै बनाएर उम्मेदवारी दिएका छन ।  । यद्धपी  मनोनयन दर्ताको समय सम्म के हुने हो हेर्न बाँकी छ । जिल्लाको सदरमुकाम क्षेत्र संग जोडिएको क्षेत्र नं. १ को सभापतिका लागि दुई जनाले उम्मेदवारी दिएका छन । काँग्रेसका आमन्त्रीत जिल्ला सदस्य चण्डीप्रसाद शर्मा पौडेल र  नेविसंघका जिल्ला अध्यक्ष खड्क थापाले सभापतिमा उम्मेदवारी दिएका हुन ।  पौडेल संस्थापन इतर समुहका उम्मेदवार हुन भने थापा संस्थापन पक्षका उम्मेदवार हुन । जिल्लामा पौडेललाई केन्द्रिय सदस्य रत्ना शेरचन, पुर्व पार्टी सभापति हरिप्रसाद शर्मा संविधान सभा सदस्य एवं निवर्तमान सभापति प्रकाश शर्मा पौडेल र जगदिशचन्द्र उपाध्यायको साथ रहेको छ । त्यसैगरी थापालाई आमन्त्रीत केन्द्रिय सदस्य किरणराज पौडेल, वर्तमान सभापति दिपेन्द्र बहादुर थापा र पुर्व सभापति मणिभद्र शर्मा कंडेलको समर्थन रहेको काँग्रेका जिल्ला स्तरीय एक नेताले जानकारी दिए । 
पौडेल २०४२ सालको सत्याग्रहमा सहभागी भै राजनिति गतिविधिमा अगाडी बढेका थिए ।  गाउँकै तित्याङ माविमा नेविसंघको संस्थापक अध्यक्ष भएर विद्यार्थी राजनिति सुरु गरेका पौडेल पछि नेविसंघको जिल्ला सहसचिव भएर काम गरेका थिए । पौडेल नेपाल शिक्षक संघको जिल्ला सदस्य हुँदै कोषाध्यक्ष समेत बनेर शिक्षक संघको संगठनलाई अगाडी बढाए । उनी १२ औं महाधिवेशन पश्चात नेपाली काँग्रेस बागलुङ क्षेत्र नंं. सल्लाहकार भएर काम गरे भने हाल काँग्रेसको आमन्त्रीत जिल्ला सदस्य छन । पौडेलकै नेतृत्वमा स्थापना गरेको सामाजिक संस्था सिवाईसी नेपाल अहिले देशव्यापी भएको छ भने अन्य दर्जन भन्दा बढि सामाजिक संस्थाको नेतृत्व समाल्दै आएका हुन । पौडेलको प्यानलमा सचिव पदका लागि नेपाल तरुणदलका जिल्ला उपाध्यक्ष एवं हालका क्षेत्रीय सहसचिव गोविन्द बहादुर पौडेल ‘गोपाल’ र बागलुङ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष जयराम भारीले उम्मेदवारी दिएका छन । त्यसैगरी सहसचिवका लागि गणेश लम्साल र विष्णुराज पौडेलको उम्मेदवारी परेको छ । । 
सभापतिका अर्का उम्मेदवार खड्क बहादुर थापा हाल नेपाल विद्यार्थीको अध्यक्ष हुन । २०५६ साल देखी नेविसंघको राजनितिमा प्रवेश गरेका थिए । उनी पालामा रहेको धिमि करिना माविको नेविसंको ईकाई अध्यक्ष हुँदै विद्यार्थी राजनितिमा अगाडी बढेका हुन । थापा २०६३ सालमा धौलागिरी बहुमुखी क्याम्पसको स्ववियु सदस्य हुँदै २०६५ सालमा स्ववियु सचिव भएका थिए । नेपाल विद्यार्थी संघको विद्यालय स्तरबाटै राजनिति सुरु गरेका थापा २०६४ मा सहसचिव हुँदै २०७१ मा जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । नेपाली काँग्रेस पालको दुई कार्यकाल सभापति भएर नेतृत्व समालेका थापा नेपाल राष्ट्रिय मगर संघको गण्डकी प्रदेशको सचिव र हाल काठेखोला गाउँपालिका–१ पालको वडा अध्यक्ष हुन । थापाको समुहबाट सचिव पदमा क्षेत्रीय कोषाध्यक्ष विजय अधिकारी र नेविसंघका जिल्ला उपाध्यक्ष नरेन्द्र कंडेलले आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन भने सह–सचिवमा दुर्गा बोहोरा र राजन चापागाईले उम्मेदवारी दिएका छन ।  क्षेत्रीय सचिवका लागि विद्यार्थी नेता दिनेश पन्तले पनि उम्मेदवारी दिएका छन । 
क्षेत्रीय समितिको महिला सदस्यमा प्रदेश सभा कं बाट टुकादेवी शर्मा आचार्य, सुस्मा थापाको उम्मेदवारी दर्ता भएको छ । भने खुल्ला तर्फ उमेश केसी, कृष्ण सुवेदी गंगा जयबहादुर केसी र प्रेम थापको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत अखिलनाथ शर्माले जानकारी दिए । क्षेत्र नं. १ प्रदेश सभा ख मा महिला सदस्य तर्फ टिकादेवी शर्मा चापागाई र लक्ष्मी सापकोटाको उम्मेदवारी परेको छ भने खुल्ला तर्फ किसन खत्री, खुमराज पौडेल, गणेदत्त पौडेल र रेशमलाल पौडेलको उम्मेदवारी परहेको छ । सदस्य तर्फ नै प्रतिनिधि सभा क्षेत्रबाट महिलामा मधु अम्माई र रिवकली शर्मा (रिता)को उम्मेदवारी परेको छ भने खुल्ला तर्फ देवबहादुर थापा, धुव्र खड्का बुद्धिबहादुर कार्की, मिमबहादुर श्रीष(थोमस) शंकर शर्मा  शिव आचार्यको उम्मेदवारी परेको निर्वाचन अधिकृत शर्माले जानकारी दिए । क्षेत्रीय सदस्य महिला खसआर्यमा गुमादेवी पाध्या गौतम, मिनाकुमारी कंडेलको उम्मेदवारी परेको छ भने खुल्ला तर्फ चक्रबहादुर खड्का क्षेत्री जिवनाथ गौतम, दिनानाथ गौतम र हरिबहादुर क्षेत्रीले उम्मेदवारी दिएका छन । क्षेत्रीय सदस्यमा अदिवासी जनजाती महिला तर्फ जुनु श्रेष्ठ जिसी, नविना बुढा खुल्ला तर्फ मदन कुमार श्रीष पुनबहादुर शेरबुजा दलित तर्फ तिलबहादुर नेपाली दुर्गा किसान र मुस्लिम अल्पसंख्यक तर्फ पहलमान थापा र होमनाथ शर्माको उम्मेदवारी परेको निर्वाचन अधिकृत शर्माले जानकारी दिए । 

२५ महाधिवेशन प्रतिनिधिका लागि ५१ जनाको उम्मेदवारी 
क्षेत्रीय अधिवेशनबाट नै केन्द्रिय अधिवेशनमा भाग लिनका लागि महाधिवेशन प्रतिनिधि चुनिने भएका कारण केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागि ५१ जनाको उम्मेदवारी परेको छ ।  केन्द्रिय महाधिवेशन प्रतिनिधिमा खुल्ला तर्फ १० जनाका लागि २१ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा ओमकार थापा, किरणराज शर्मा पौडेल, कृष्णशंकर श्रेष्ठ, चिरञ्जीवी गौतम, जगदिशचन्द उपाध्याय, जगन्नाथ आचर्या, डिल्लीराम सुवेदी, दिपेन्द्रबहादुर थापा, दिनेश सापकोटा, नवराज पौडेल, प्रकाश शर्मा पौडेल, प्रकाश आचार्य, पुर्णबहादुर पौडेल, मणिभद्र शर्मा कंडेल, महेन्द्र प्रसाद कंडेल मोहराज शर्मा, सागर परियार, हरिप्रसाद आचार्य, हरिप्रसाद श्रेष्ठ, क्या. हरिबहादुर भण्डारी, र हरिहर शर्माले उम्मेदवारी दिएका छन ।  महाधिवेशन प्रतिनिधि महिला तर्फ ४ जना चुनिनेमा ८ जनाको उम्मेदवारी परेको हो । जसमा कल्पना पाठक हमाल, खगेश्वरी शर्मा, चम्पादेवी खड्का पार्वती आचार्य, लक्ष्मीदेवी जिसीकार्की शकुन्तला शर्मा, सितादेवी सापकोटा कंडेल र ज्ञानकुमारी श्रीष शर्माको रहेका छन । महिला खसआर्य तर्फ कमला पराजुली, गितादेवी रेग्मी भगवती शर्मा सापकोटा र विष्णु बस्नेत खत्रीको उम्मेदवारी परेको छ भने खुल्ला तर्फ उमाकान्त पौडेल, नारायण शर्मा पौडेल, पदमबहादुर केसी, विष्णु पौडेल दारी महेन्द्र खड्का शिवप्रसाद कंडेलको उम्मेदवारी परेको निर्वाचन अधिकृत शर्माले जानकारी दिए । महाधिवेशन प्रतिनिधि आदिवासी जनजाती महिला तर्फ लछुमाया पुन मगर र बेमकुमारी थापा खुल्ला तर्फ केशरबहादुर थापा (केशव) दिलिप कुमार पुन बसन्तकुमार श्रेष्ठ र भिम श्रीषको उम्मेदवारी परेको छ । दलित महिला तर्फ कोपिला बोहोरा र दुर्गा देवी विश्वकर्मा खुल्ला तर्फ शेरबहादुर विश्वकर्मा, सिताराम रसाईली र अल्पसंख्यक बाट चित्रबहादुर कार्की र प्रेम बहादुर छन्त्यालको उम्मेदवारी परेको छ । महाविधेश प्रतिनिधिमा खुल्ला तर्फ १०, महिला खुल्ला तर्फ ४ जना, महिला खसआर्य तर्फ २ जना खुल्ला खसआर्य तर्फ ३ जना, आदिवासी जनजाती  महिला तर्फ १ जना खुल्ला तर्फ २ जना, दलित महिला तर्फ १ जना खुल्ला तर्फ १ जना र अल्पसंख्यक तर्फ १ जना गरी २५ जना निर्वाचित हुनेछन । काँग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षकै दुई समुह बनाएर चुनावी मैदानमा उत्रिएका छन । क्षेत्र नं. १ मा उच्च प्रोफाईका नेता धेरै भएका कारण महाधिवेशन प्रतिनिधिममा ठुलो प्रतिस्पर्धा हुने देखिएको छ ।  निर्वाचन मंगलबार विहान ८ बजे देखी तोकिएको निर्वाचन समितिले जनाएको छ । 
जिल्लाको क्षेत्र नं. २ मा पनि मंगलबार नै निर्वाचनको मिति तयर गरिएको छ । सोमबार साँझ सम्म मनोनयन दर्ताको समय र मंगलबार विहान ७.३० बजे सम्म मनोनयन फिर्ताको समय रहेको हुँदा निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेको छैन । 
 

प्रतिक्रिया