बागलुङ –शिक्षाका लागि राष्ट्रिय अभियानका अध्यक्ष एवं नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि युवा नेता डिल्लीराम सुवेदीको पहलमा जिल्लाको बरेङ गाउँपालिकाको एक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ ।
बरेङ गाउँपालिका– ३ बाटाकाचौरमा रहेको ज्ञानोदय आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक सामग्री सहित विद्यालय झोला प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै युवा नेता सुवेदीले विद्यालयको शैक्षिक गुणस्तर सुधार र विद्यार्थीको पढाईमा थप टेवा पु¥याउनका निम्ती सामुदायिक विद्यालयमा यस्तै सहयोगको खाँचो रहेको बताए । उनले सामुदायिक विद्यालयमा शिक्षा अझै प्रभावकारी बनाउनका निम्ती अभिभावक शिक्षकहरुको समान दायित्व हुने बताए । सुवेदीले सवल र सक्षम विद्यालयको रुपमा स्थापित गरी गुणस्तरिय शिक्षा प्रदान गर्नु आजको आवश्यकता रहेको र त्यसको लागि शैक्षिक सामग्री सहित विद्यालय झोला वितरण गरिएको बताए ।
विद्यार्थीका लागि शैक्षिक सामाग्री र झोली सहयोगी संस्था हेल्पले गरेको थियो । कार्यक्रममा हेल्पका कार्यक्रम संयोजक अमृत तिवारीले हरेक विद्यार्थीको उच्च मनोबल बढाउन र विद्यालयको शैक्षिक विकासका निम्ती संस्थाले सहयोग गर्दै आएको बताए ।
कार्यक्रममा नेपाल शिक्षक संघ बागलुङ का अध्यक्ष उमाकान्त शर्मा पौडेल, नेपाल तरुण दल बागलुङका अध्यक्ष उमाकान्त शर्मा (बाबु), विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष तुलसीराम पौडेल, पूर्व प्रधानाध्यापक केहरसिह थापा , नेपाल विद्यार्थी संघका नेता विशेष पराजुलीले शैक्षिक सामाग्रीले सवै विद्यार्थीका लागि टेवा भएको बताएका थिए ।
सहयोगी संस्था हेल्पका भरोसा छात्र वृत्ति संयोजक रामहरी सापकोटाले कार्यक्रमको लक्ष्य र उद्देश्य बारे आफ्नो भनाई राखेका थिए ।
शैक्षिक क्षेत्रमा सबैको क्रियाशीलता, सक्षम र सबल ज्ञानोदय, गुणस्तरिय शिक्षामा सबैको प्रतिबद्धता, भन्ने विद्यालय को अभियान लाई साकार पार्न विद्यालय झोला वितरण कार्यक्रम ले थप सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक मदन बहादुर कार्कीले बताए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिम बहादुर थापाको अध्यक्षता , शिक्षक अभिभावक संघका अध्यक्ष एबम् वडा सदस्य टेक बहादुर थापाको स्वागत र शिक्षक चन्द्रमणी सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।