बागलुङका तिन महिला सांसद बन्ने

  • चैत २, २०८२

बागलुङ -  प्रतिनिधिसभाको समानुपातिकतर्फ बागलुङबाट तिन महिलाला सामानुपातिक सांसद बन्ने पक्का भएका छन  ।  समग्र गण्डकी प्रदेशले ६ जना सांसद पाउँदा बागलुङ जिल्लाबाट मात्रै ३ जना सांसद बन्ने पक्का भएका हुन । 
समानुपातिक तर्फ नेपाली काँग्रेसको तर्फबाट रेणुका काउचा मगर, नेकपाबाट बलावती शर्मा रास्वपाबाट गंगा छन्त्याल रहेका छन ।  समानुपातिकतर्फबाट बागलुङमा नेकपाबाट बलावती शर्मा सिफारिस भएकी छन । काउचा र छन्त्याल आदिवासी जनजातीबाट तर्फ सिफारिस भएका हुन भने शर्मा खसआर्य महिलाबाट सिफारिस भएका हुन ।  बागलुङका दुई निर्वाचन क्षेत्र जितेको रास्वपाले समानुपातिक तर्फ १ जना महिला सांसद प्राप्त गरेको छ । यस अघि सांसद बन्ने चर्चामा रहेका गायक प्रकाश सपुत भने समानुपातिक सांसद बन्न सकेनन ।  रास्वपाबाट बागलुङ –१ मा सुशिल खड्का र बागलुङ –२ मा शोम शर्मा विजयी भएका छन् । रास्वपाबाट बागलुङकी गंगासहित गण्डकीमा गोरखाबाट एलिजा गुरुङ सिफारिश भएकी छन् ।
नेकपाकी शर्मा गण्डकी प्रदेशबाट एक मात्रै सांसद भएकी छन् । नेपाली कांग्रेसबाट गण्डकीमा काउचा सहित ३ जना सांसद भएका छन् । कांग्रेसले प्रत्यक्षतर्फ मुस्ताङबाट योगेश गौचन र मनाङबाट टेकबहादुर गुरुङले जितेका छन् ।
नेकपा एमालेले गण्डकीमा समानुपातिकतर्फ २ जना महिला सांसद सिफारिश गरेको छ । पार्टी सचिव स्याङजाकी पद्मा कुमारी अर्याल र अखिल नेपाल महिला संघका केन्द्रिय अध्यक्ष टुका भद्र हमाल खस आर्य महिला कोटाबाट सांसद बनेकी छन् ।
मतका आधारमा थ्रेस होल्ड कटाएका ६ वटा राजनीतिक दलबाट गण्डकीका ५५ जना उम्मेदवार समानुपातिक बन्दसूचीमा थिए । सबैभन्दा धेरै नेपाली कम्युनिस्ट पार्टीबाट १६ जना बन्दसूचीमा थिए ।
एमालेबाट १० जना, नेपाली कांग्रेसबाट ९ जना, रास्वपाका ८ जना, राप्रपा र श्रम संस्कृतिबाट ६÷६ जना बन्दसूचीमा थिए । तर, निर्वाचित हुने बेलामा भने गण्डकीबाट ६ जना मात्रै परेका छन् । रास्वपा र एमालेबाट २/२ जना र अन्य ३ दलबाट १/१ जना मात्रै सांसद बनेका हुन् । 
अन्य प्रदेशका एकै जिल्लामा धेरै सांसद बन्दा गण्डकीका जिल्लाहरूबाट दलहरूले उम्मेदवार छनोट गर्दा पनि पछि पारेका छन् । प्रदेशका प्रत्यक्षतर्फ १८ सिटमा भने रास्वपाले १५ ठाउँमा जितेको छ । कांग्रेसले २ सिट जित्दा एक भने स्वतन्त्रले जिते ।

समानुपातिकबाट गण्डकीमा रास्वपाले ५ लाख २५ हजार ६ सय ३५ मत पाएको छ । कांग्रेसले २ लाख ७ हजार ३ सय ८७, एमालेले १ लाख ५२ हजार १ सय ८७ र नेकपाले ५७ हजार ८ सय ७६ मत पायो । राप्रपाले २३ हजार ५ सय ५७ मत पाउँदा श्रम संस्कृतिले १८ हजार ९ सय ९५ मत प्राप्त गरेको छ ।
मतका आधारमा हिसाब गर्दा रास्वपाले गण्डकीमा करिब ६ जना सांसद बनाउनुपर्ने हो । कांग्रेसले कम्तीमा २ स्थान दिनुपर्नेमा १ जना मात्रै समानुपातिबाट तानेको छ । एमालेले करिब २ सिट गण्डकीलाई दिनुपर्नेमा २ सिट नै दिएको छ ।
को हुन बागलुङबाट ३ महिला
रेणुका काउचा - नेपाली काँग्रेस 

नेपाली काँग्रेसबाट सामानुपातिक सांसद बनेकी काउचा बागलुङको गलकोट नगरपालिका–११ रिघाकी हुन । २०६५ काठमाण्डौको साल सरस्वती बहुमुखी क्याम्पसमा नेविसंघबाट स्ववियु कोषाध्यक्षबाट आफ्नो राजनितिक सुरुवात गरेकी काउचा काँग्रेसको महाधिवेशन प्रतिनिधि हुन नेपाल मगर विद्यार्थी संघको केन्द्रीय अध्यक्ष उनी पार्टीको मुल राजनितिमा आएर तिन पटक महाधिवेशन प्रतिनिधि भएकी छन । उनी नेपाली काँग्रेसको भातृ संस्था महिलासंघको केन्द्रीय सदस्य समेत भएकी हुन ।   काउचा २०७० सालको संविधान सभाको निर्वाचनमा  पहिलो पटकट समानुपातिक सूचीमा परेकी थिईन भने २०७४ पहिलो स्थानिय तहको निर्वाचनमा गलकोट नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी हुन ।  उनि २०७९ सालमा पनि काँग्रेसबाट समानुपातिक सूचिमा थिईन भने यसपटक समानुपातिकबाट सांसद बनेकी हुन ।  ्
बलाबती शर्मा - नेकपा
२९४२ सालबाट विद्यार्थी राजनिति हुँदै तत्कालिन नेकपा माओबादी केन्द्रको केन्द्रीय सदस्य बागलुङको इच्चार्जको भुमिका हुँदै हालको नेकपाको केन्द्रीय सदस्य भएककी शर्मा बागलुङ नगरपालिका– १२ अमलाचौरकी हुन । उनि २०६३ सालको अन्तरिम व्यवस्थापिकामा व्यवस्थापिमका सदस्य भएर काम गरेकी थिईन । २०६८ सालदेखी केन्द्रीय नेतृत्वमा रहेकी शर्मा  यस पटक नेकपाबाट समानुपातिकमा खसआर्यबाट सांसद बन्न लागेकी हुन । काखमा सानो छोरी लिएर २०५१ सालमा जनयुद्धमा होमिएकी शर्मा त्यो बेला रोल्पाको सहइन्चार्ज भएर समेत काम गरेकी थिईन । नेकपाका नेता देवेन्द्र पौडेलकी श्रीमती भएता पनि कम्युनिष्ट आन्दोलनमा शर्माको ठुला योगदान रहको नेकपाका नेता तथा कार्यकताए बताउँछन । 
गंगा छन्त्याल रास्वपा
बागलुङको तमानखोलाकी छन्त्याल रास्वपाको आदिबासी जनतजातीको कोटामा समानुपातिकबाट सांसद बन्ने भएकी हुन । काठमाण्डौमा व्यवसाय गर्दै आएकी छन्त्याल दुई वर्ष अगाडीबाट रास्वपामा सक्रिय रहेको बुझिन्छ । 

प्रतिक्रिया