चुनावी सभामा सम्बोधन गर्न काँग्रेस सभापति थापा बागलुङ आउने 

  • फाल्गुण १४, २०८२


बागलुङ - यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित  चुनावीसभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति गगन कुमार थापा  बागलुङ आउने भएका छन् । शुक्रबार (भोलि) नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. १ को आयोजनामा बागलुङ बजारमा हुने चुनावी सभालाई थापाले सम्बोधन गर्ने भएका हुन । 
शुक्रबार विहान ११.३० बजे थापा बागलुङ आउने कार्यक्रम तय भएको नेपाली काँग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिए ।  सभा मार्फत बागलुङे सँग बदलिएको कांग्रेसका धारणाबारे जानकारी दिँदै आफ्ना उम्मेदवारको पक्षमा मत मागिने छ । 
चुनावी सभामा बागलुङका २ वटै क्षेत्रका वडादेखि नै कार्यकर्ता र शुभेच्छुकहरु आउने तयारी भएको छ । त्यसका साथै छिमेकी जिल्ला म्याग्दी पर्वतबाट पनि  नेता तथा कार्यकर्ताहरु आउने काँग्रेस बागलुङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति एवं चुनाव प्रचार प्रसार समितिका संयोजक चण्डी प्रसाद शर्मा पौडेलले जानकारी दिए । आम सभाका लागि सवै वडाका सभापतिको नेतृत्वमा सदरमुकाममा कार्यकर्ताहरु आउने गरी तयारी गरिएको छ । आम सभामा राष्ट्रिय  विमलराज क्षेत्री लगायतका  कलाकारहरुको सांगितिक प्रस्तुती पनि रहेने पौडेलले बताए । 
बागलुङ क्षेत्र नं. १ मा काँग्रेसमा भीम श्रीस र क्षेत्र नं. २ मा टेकराज पौडेल प्रत्यक्ष तर्फका उम्मेदवार रहेका छन । त्यसैगरी समानुपातिकमा शकुन्तला शर्मा, पार्वती आचार्य र रेणुका काउचा मगर रहेका छन । बागलुङ पश्चात सभापती थापाको पोखराको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको थापाको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय