प्रथम गलकोट मेयरकप भलिबलको उपाधी निसीखोलालाई

  • फाल्गुण २७, २०७८

बागलुङ- बागलुङको गलकोट नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप भलिबल प्रतियोगिताको उपाधी निसीखोला गाउँपालिका बागलुङले जितेको छ । गलकोट नगरपालिकाको स्थापना दिवसमा गलकोट नगर खेलकुद बिकास समितिले आयोजना गरेको प्रथम गलकोट मेयर कपको भलिबलको उपाधी निसीखोलाले जितेको हो ।  
शुक्लागण्डकी नगरपालिका तनहुलाई ३–२ को सेटमा पराजित गदैं निसीखोला गाउपालिका बागलुङले उपाधी हात पारेको नगर खेलकुद विकास समितिका अध्यक्ष योगेश भण्डारीले जानकारी दिए । 
 उपाधीको लागि शुक्लागण्डकी नगरपालिका तनहुँ र निसिखोला गाँउपालिका बागलुङ विच भएको खेलमा निसिखोला गाँउपालिकाले दोस्रो, तेस्रो र पाँचौं सेटमा क्रमश २५–२०, २५–१५ र १५–०९ को सेटमा जित निकाल्दै बिजयी भएको हो । शुक्लागण्डकी नगरपालिका तनहुँले पहिलो र चौथो सेटमा क्रमश २५–२२, २६–२४ को सेटमा जित निकाले पनि अन्य सेटमा जित निकाल्न नसक्दा उपबिजेता बनेको हो  । 
    भलिबल प्रतियोगिताको उपाधि संगैं  निसीखोला गााउपालिकाले नगद रु १ लाख रुपैयाँ कप मेडल र प्रमाणपत्र, उपबिजेता शुक्ला गण्डकी नगरपालिका तनुहँले नगद रु ७५ हजार मेडल र प्रमाणपत्र तथा सान्तवना हुने गलकोट नगरपालिकाका र ढोरपाटन नगरपाकिाले नगद रु २५–२५ हजार प्रमाणपत्र प्राप्त गरेको नगर खेलुकद बिकास समितिले जनाएको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । नगरपालिकाले राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिता विद्यालय स्तरीय भलिबल प्रतियोगिता र खुल्ला ब्याडमिन्टन प्रतियोगिता पनि संचालन गरेको थियो । 

प्रतिक्रिया