गठबन्धनका उम्मेदवारको चुनावी अभियान जैमिनीको छिस्तीमा

  • कार्तिक २७, २०७९

बागलुङ - बागलुङ क्षेत्र नं. १का गठबन्धनका उम्मेदवारहरुको चुनावी अभियान आईतबार जैमिनी नगरपालिका–८ छिस्तीमा सम्पन्न भएको छ । अभियानलाई सम्बोधन गर्दै गठबन्धनका साझा उम्मेदवार तथा राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले संविधानका रक्षाका निम्ती पाँच दलिय गठबन्धन आवश्यकता रहेको बताए । उनले राष्ट्रिय आवश्यकतालाई मध्यनगर गरी गठबन्धन गरी प्रतिगमनको विरुद्धमा उभिएको बताए । केसीले दक्षिण बागलुङको विकासका निम्ती आफुले केन्द्रबाट भुमिका खेल्ने बताए । ‘हिजो हाम्रो पालामा के कति विकास गर्न सकियो । केसीले भने, केही गरेन भन्नेलाई अबको पाँच वर्ष गरेर देखाउनुछ । कालिगण्डकी करिडोरलाई दक्षिण बागलुङ हुँदै लाने कुरामा प्रकाश जि र मैले नै जोड गरेकै हौं । हामी सस्तो लोकप्रियताका लागि प्रचार प्रसार गरेनौं । अब पनि काम गर्ने हो कुनै बढि प्रचार गर्नुछैन ।
कार्यक्रममा क्षेत्र नं. १ प्रदेश सभा (२) का उम्मेदवार काँग्रेसका युवा नेता डिल्लीराम सुवेदीले प्रदेश सभामा गएर मुख्य कुरा निति निर्माण नै भएका कारण यहाँका हरेक वर्गलाई सुहाउँदो निति निर्माणका लागि आफुले पहल थाल्ने बताए । उनले पाँच वर्षमा आफुले यो गर्छु त्यो गर्छु भन्दा पनि यहाँको हरेक क्षेत्रका सम्भावना हेरेर गर्न सक्ने काम मात्र अगाडी बढाउने बताए । 
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रदेश सभाका समानुपाति उम्मेदवार चम्पादेवी खड्का, नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी , नेकपा एकिकृत समाजबादीका जिल्ला अध्यक्ष लालबहादुर थापा, काँग्रेस बागलुङका नेता तथा महाधिवेशन प्रतिनिधि जगदिशचन्द उपाध्याय, जिल्ला सचिव हरिहर शर्मा, महाधिवेशन प्रतिनिधि सिताराम रसाईली, प्रतिनिधि सभा समानुपाति उम्मेदवार भिम श्रीष, माओबादी केन्द्रका प्रदेश सभाका समानुपातिक उम्मेदवार टिकादेवी विक समाजबादी पार्टीका प्रकाश केसी केसी र सुवेदीलाई मतदान गर्न आग्रह गरेका थिए । चुनावी अभियान छिस्तीको वाईनकुना, अर्के, र रिठावटमा सम्पन्न भएको छ । 
 

प्रतिक्रिया