बागलुङ,- नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठन ‘नाष्ट’ ले विद्यालय स्तरीय विज्ञान मेला आयोजना गरेको छ । यही चैत्र ७ गते देखी ९ गते सम्म बागलुङ सदरमुकाममा रहेको विद्यामन्दिर माध्यामिक विद्यालयमा प्रतियोगितात्मक विज्ञान मेलाको आयोजना गरेको हो ।
मेलामा बागलुङ, पर्वत र म्याग्दीका १० विद्यालयबाट ६÷६ जना विद्यार्थी र १ शिक्षक गरी ७० जनाको सहभागिता हुने नाष्टका प्रर्वद्धन तथा प्रचार महाशाखा प्रमुख लुना बज्रले बताईन । काठमाण्डौ उपत्यका बाहेक देशका झण्डै ६४ जिल्लामा हाल सम्म संचालन भएको मेला यस वर्ष बागलुङमा संचालन गरिएको हो । मेलामा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आफुहरुले निर्माण गरेका विज्ञान प्रविधि सँग सम्बन्धीत सामाग्रीहरुको प्रर्दशन गर्ने बज्रले बताईन ।
विद्यार्थीलाई स्थानिय स्तरमा आफ्नो प्रयासमा बैज्ञानिक सिद्धान्त र प्राविधिक उपयोगको व्याख्या सहित प्रदर्शनी नमुनाहरु तयार पारी प्रर्दशन गर्ने प्रोत्साहित गरिने मेलाको मुख्य उद्देश्य रहेको महाशाखा प्रमुख बज्रको भनाई छ ।
प्रर्दशनीको साथमा हाजिर जवाफ, बक्तृत्वकलाको आयोजना, गरी विद्यालयका छात्रछात्रा एवं स्थानिय जनसमुदायमा बैज्ञानिक ज्ञान तथा चेतना फैलाउने गरी शिक्षक सहित अन्तरक्रियाको कार्यक्रम समेत राखिएको आयोजनकले जनाएको छ । मेलामा शिक्षकहरुका लागि उत्साहित गर्न तालिम संचालन गरिने छ । मेलामा बागलुङको रुद्रेपिपल मावि, विद्यामन्दिर मावि, कुँडुले मावि, धौलागिरी विरेन्द्र मावि, कालिका कन्या मावि र मुलपानी मावि सहभागि हुनेछन भने म्याग्दीको प्रकाश मावि, बेनी सामुदायिक मावि पर्वतको नारायण मावि र शिवालय माविको सहभागित हुने विद्यामन्दिर मावि बागलुङका प्रध्यानध्यापक शान्तमणी ज्ञावलीले जानकारी दिए । मेला हेर्नका लागि छनौटमा परेका विद्यालय बाहेक अन्य विद्यालयका विद्यार्थीहरुको पनि सहभागित रहनेछ ।
मेलामा प्राकृतिक सम्पदा तथा परम्परागत प्रविधि र जुडिबुटी तथा पाठ्यक्रममा आधिरीत विषयबस्तुलाई समेटिने छ । हाजिरजवाफमा ३ जना विद्यार्थी सहभागिता रहनेछन भने यसमा विज्ञान वातावरण र समसामायिक विषण्मा प्रस्तहरु सोधिने जनाइएको छ । मेलामा समाजको लागि विज्ञान विषयमा कविता बाचन समेत हुने महाशाखा प्रमुख बज्रले बताईन । धौलागिरी क्षेत्रमा पहिलो पटक आयोजना गरिएको कार्यक्रम सदुमुकाम केन्द्रीत भयो भन्ने गुनासो पनि आएको थियो । यसमा आयोजकले आगामी दिनमा ग्रामिण भेगका सामुदायिक विद्यालयलाई पनि समावेश गर्ने बताइएको छ ।