बागलुङ- बागलुङमा अपाङ्गता भएका व्यक्तिहरुको ३४औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाईएको छ । अपाङ्गता समावेसी समाजको प्रवद्र्धनः सामाजिक उन्नतीको संवर्दन भन्ने मुल नाराका साथ बुधबार बागलुङ बजारमा सचेतनामुलक प्रभातफेरी कार्यक्रम सहित मनाईएको हो । बागलुङ नगरपालिका कार्यालय बागलुङ, एकिकृत विकास कार्यालयको संयुक्त आयोजना र अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाको समन्वयका दिवस मनाईएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले अपाङ्गता भएका व्यक्ति हरेक क्षेत्रमा क्षमतावान रहेको बताए । उनले अझै पनि हाम्रो समाजमा अपाङ्गता भएका व्यक्तीलाई केही भेदभावको दृष्ट्रिकोणले हेर्ने हुँदा यसको अन्त्य हुन जरुरी रहेको बताए । कार्यक्रममा एकिकृत सेवा कार्यालय बागलुङका लेखा पाल भविलाल शर्मा, नेत्रहिन संघ बागलुङका अध्यक्ष कुमार पुन, बहिरा संघ बागलुङका सचिव बासु थकाली लगायतले बोलेका थिए । कार्यक्रममा अपाङ्गताको क्षेत्रमा अध्ययन अध्यापन गराउने धौलागिरी बहिरा आवासिय विद्यालय, बागलुङ विशेष बालकक्षा, रामरेखा आधारभुत विद्यालय र जनताधन माविलाई सम्मान गरिएको थियो ।
कार्यक्रम बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काको अध्यक्षता सामाजिक विकास शाखा प्रमुख रचना आचार्यको संचालनमा सम्पन्न भएको थियो ।