काँग्रेसका उम्मेदवारलाई जिताउन तरुण युवा निर्वाचन परिचालन समिती

  • माघ १७, २०८२

बागलुङ-  आगामी फागुन २१ गते  हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई  जिताउनका लागि काँग्रेसको भातृ संस्था नेपाल तरुणदलले तरुण युवा निर्वाचन परिचालन समिति गठन गरेको छ । शनिबार बागलुङ क्षेत्र नं. १ का ३७ वटा वडाका तरुण युवाहरुको भेलाले निर्वाचन परिचालन समिति गठन गरेको हो । भेलाले पहिलो चरणमा यस क्षेत्रमा पर्ने चार वटा पालिकाका संयोजक सहसंयोजक जिम्मेवारी तोकेको नेपाल तरुणदल बागलुङका अध्यक्ष तथा तरुण युवा परिचालन समितिका संयोजक उमाकान्त शर्मा बाबुले जानकारी दिए । 
भेलाले बागलुङ नगरपालिकाको संयोजकमा अशिक राजभण्डारी, सहसंयोजकमा छमबहादुर सुवेदी, यमबहादुर थापा रहेका छन । जैमिनी नगरपालिकाको संयोजकमा गोविन्द थापा र सहसंयोजकमा राजन शर्मा रहेका छन । बरेङ गाउँपालिकाको संयोजकमा समिर थापा र काठेखोला गाउँपालिकाको संयोजकमा हरि सापकोटा रहेको अध्यक्ष शर्माले जानकारी दिए । पालिका तहका संयोजकले वडा तहमा निर्वाचन परिचालन समिति गठन गरेर आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई विजय गराउनका लागि महत्वपूर्ण भुमिका हुने शर्माले जानकारी दिए । कार्यक्रममा सहभागी युवाहरुले आगामी निर्वाचनमा कसरी अगाडी बढ्ने विषयमा सुझाव तथा आफ्ना धारणा राखेका थिए । 
 बागलुङ क्षेत्र नं. १ मा काँग्रेसका तर्फबाट प्रत्यक्ष तर्फ भीम श्रीस समानुपातीक तर्फ  शकुन्तला शर्मा र पार्वती आचार्य रहेका छन ।  भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेस बागलुङका जिल्ला सचिव हरिहर शर्माले निर्वाचनमा तरुण युवाहरुको महत्वपुर्ण भुमिका हुने बताए । उनले यस क्षेत्रका उम्मेदवार युवा नेता नै रहेको र उहाँलाई विजयी गराउनका निम्ती युवाहरुनै सक्रिय हुनुपर्ने बताए । उनले आफ्ना मतदातालाई मतदान स्थलसम्म ल्याउन लैजानका साथै मतदाता शिक्षा प्रदान गर्नपनि युवाहरुको सक्रियता हुने बताए । 
कार्यक्रममा काँग्रेसका महाधिवेशन प्रतिनिधि एवं गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी, नेपाल तरुणदलका केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि विष्णु पौडेल दारी, तरुणदलका केन्द्रीय सदस्य शेरबहादुर वि.क. सागर परियार, प्रकाश पौडेल, क्षेत्रीय सभापति दलबहादुर श्रीष सनि केसी, युवा नेता लक्ष्मण आचार्य लगायतले बोलेका थिए । 
कार्यक्रम नेपाल तरुणदल बागलुङका अध्यक्ष एवं युवा परिचालन समितिका संयोजक उमाकान्त शर्मा बाबुको अध्यक्षता सहसचिव एवं काँग्रेस महासमिति सदस्य सिताराम रसाईलीको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया