बागलुङ नगरमा पाँच दलीय गठबन्धको प्रतिवद्वता: ‘हाम्रो साथ कोख देखी शोक सम्म’ (पुर्ण पाठ सहित)

  • ब‌ैशाख २०, २०७९

बागलुङ- आगामी स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर बागलुङ नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवारहरूले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन ।

जिल्लामा क्रियाशिल पाँच दलिय गठगबन्धनका साझा उम्मेदवारहरुले आगामी पाँच वर्षमा पुरा गर्ने प्रतिवद्धता सार्वजनिक गरेका हुन । गठबन्धनमा नेपाली काँग्रेसको तर्फबाट नगरप्रमुखका बसन्त कुमार श्रेष्ठ र उपप्रमुखमा राजु खड्का उम्मेदवार रहेका छन । खड्का नेकपा माओबादी केन्द्रका हुन । गठबन्धनका उम्मेदवाले मुख्य तह ‘हाम्रो साथ कोखदेखी शोकसम्मको यात्रामा शिक्षा ,स्वास्थ र सामाजिक सुरक्षा’ सहित सातवटा आठोट लिएका छन । भ्रष्टाचारमुक्त, नगर सुुशासन,र सदाचार,  सभागितामूलक योजना, सुन्दर र समन्नुत नगरको परिकल्पना  जनसेवक जनप्रतिनिधि ,जनमुखी प्रशासन सेवा, दिगो पूर्वाधार आर्थिक रूपान्तरणको आधार दूध,अण्डा,मासु र तरकारी आत्मनिर्भर बागलुङ, साझेदारी र सहकारी र स्वावलम्वी महिला सिर्जनशील युवा, सबल नगरवासी भन्ने अठोट रहेका छन । 
भ्रष्ट्राचार नगर्ने सङ्कल्प गरिएको प्रतिबद्धता पत्रमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, पर्यटन रोजगार लगायतका योजना तथा नीति कार्यक्रममा समेटिएका छन् । गठबन्धनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा थुप्रै लोभलाग्दा योजना अघि सारेको छ । 
प्रतिबद्धता पत्रमा दिगो विकास लक्ष्य, योजना अनुशासन तथा वित्तिय अनुशासन, अनुत्पादनशील क्षेत्रमा लगानी नियन्त्रण र प्राथमिकता क्षेत्रमा लागानी केन्द्रित, सेवक जनप्रतिनिधि तथा जनमुखी सेवाको भावनाका साथ भ्रष्टाचारको सस्थागत स्वरुपलाई तोड्ने साझा सङ्कल्प, सदाचारपूण व्यवहार ,मितव्ययिता र समावेशिताको व्यवहारिक कार्यान्वयनलाई केन्द्रमा राखी नगर क्षेत्रको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको रुपान्तरण गरी समुन्नत नगरको परिकल्पना गरिएको छ ।
प्रविद्धतामा कृषि तथा पशुपालनमा बागलुङलाई दुध मासु अण्डा र तरकारीमा आत्मनिर्भर बनाईने बताईएको छ  भने बाँदर प्रभावित क्षेत्रमा बाँदर प्रतिकुल खेती लगाउन किसानलाई प्रोत्साहन गरिने उल्लेख गरिएको छ । संस्कृति एवं पर्यटन तर्फ बागलुङ कालिका लगायत यहाँका धार्मिक सम्पदानलाई गण्डकी प्रदेशकै नमुना र मुख्य गन्तव्यको रुपमा विकास गरिने जनाईएको छ । त्यसैगरी नगरक्षेत्र भित्र हरेका खानी उत्खननको सम्भाव्यता अध्ययन गरि उत्खननमा आवश्यक पहला थालिने उल्लेख गरिएको छ । त्यसैगरी शिक्षा, स्वास्थ्य पोषण पुर्वाधार विकास युवा तथा खेलकुद क्षेत्र, वन तथा बातावरण क्षेत्रको विकास फोहोर मैला र ढल व्यवस्थापन लगायतका विषयलाई जोड दिईएका छ । त्यसैगरी संस्थागत विकास र सुसान पहिलो प्राथमिकतामा रहेको छ ।  
प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै नगरप्रमुखका उम्मेदवार बसन्त कुमार श्रेष्ठले नगरपालिको संस्थागत विकासका निम्ती नियमित नागरिको गुनासो सुनुवाई तथा कार्यसम्पादन सुुधारका आधारका लागि नगरबासीसँग नगरप्रमुख कार्यक्रमलाई नियमित संचालन गर्ने बताए । उनले प्रतिवद्धा पत्रको कार्यान्वयका लागि चुस्त गराउन बार्षिक लेखाजोखा गरिने बताए । ‘हामी गर्न सक्ने काम मात्र यहाँ सार्वजनिक गरेका छौं श्रेष्ठले भने,–‘आम जनताको चाहना अनुसार कुरा भन्दा पनि काम गर्ने हाम्रो चाहना हो । सेवा प्रवाह तथा विकास पक्रियालाई चुस्त गराउने छौं । योजना अनुसासन कायम गर्ने र डिजिटल प्रोफाईल राजश्व सुधार कार्ययोजना आवधिक योजना विषय क्षेत्रगत रणनितिक योजना तयार पारेर हरेक कामको कार्ययोजना बनाउनेछौं । उनले आफुहरु निर्वाचित भए पछि मेयर उपमेयरले पाउने भत्तालाई सामाजिक क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन । 
कार्यक्रममा उपप्रमुख राजु खड्काले बागलुङ नगरपालिकाको न्याय समितिलाई प्रभावकारी रुपमा संचालन गर्ने र समग्र नगरको विकासको खाकालाई तयार पारेर योजनाबद्ध ढंगले अगाडी बढ्ने बताएका छन । 
प्रतिबद्धता पत्रमा निर्वाचनमा विजयी भएमा नगरको समग्र समृद्धिका निमित्त लागि पर्ने संकल्प गरिएको छ । कार्यक्रममा नेकपा एकिकृत समाजबादीका जिल्ला नेता भुपाल चालिसेले प्रतिवद्धता पत्र जनतालाई छल्ने काम भन्दा पनि कार्यान्वयका लागि बनाएको बताए । प्रतिवद्धता पत्रको बारेमा यसका मस्यौदाकार नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि डिल्लीराम सुवेदीले प्रष्ट पारेका थिए । 
नेपाली काँग्रेस बागलुङ नगरपालिकाका सभापति उमाकान्त शर्मा बाबुको अध्यक्षतामा सम्पन्न कार्यक्रम नेकपा माओबादी केन्द्रका नेता बद्रीप्रसाद शर्माको स्वागत र राष्ट्रिय जनमार्चाका नगर अध्यक्ष थानेश्वर सुवेदीको संचालनमा सम्पन्न गरिएको थियो । 
हेरौ पुर्ण पाठ

 

 

प्रतिक्रिया