निवारण भएन बागलुङमा हात्तीपाईले १३ औं पटक औषधी खुवाउने अभियान

  • फाल्गुण १६, २०७८

बागलुङ- जिल्लामा गत वर्ष हात्तिपाईले रोग निवारणकोअ औषधी खुवाउने अभियान अन्तिम पटक भनेर संचालन गरियो । जिल्ला भरका सर्वसाधारणलाई स्वास्थ्यकर्मीकै निगरानीमा औषधी खुवाईयो ।  अन्तिम अभियानका रुपमा दश वटै स्थानिय तहले सक्रियताका साथ औषधी खुवाउने अभियान संचालन गरे । औषधी खुवाउने अभियानको ६ महिना पछि स्वास्थ्य मन्त्रालय सहितको टोलीले जिल्लामा सर्वेक्षण ग¥यो । दुई स्थानको सर्वेक्षण पश्चात जिल्लालाई हात्तीपाईले रोग निवारण भएको जिल्लाको रुपमा घोषणा गर्ने योजना थियो  तर सर्वेक्षणमा पुन १० जनामा परजिवी भेटिए पछि यस वर्ष पनि आम औषधी खुवाउने अभियान संचालन गर्नुपर्ने बाध्यता भएको छ । जिल्लामा अहिले सम्म १३ औं पटक हात्तिपाईले रोग निवारण  अन्तरगत औषधी खुवाउने कार्यक्रम संचालन गरिने आईतबार पत्रकार अन्तरक्रिया मार्फत जानकारी दिइएको छ ।  
    हात्तिपाईले निवारण हुन नसके पश्चात जिल्ला भरी नै पुन औषधी खुवाउने अभियान संचालन गर्न लागिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थान र जैमिनी नगरपालिका–१ कुश्मिसेरामा नमुना परिक्षण गरिएको थियो । नारायणस्थानमा ३०० जनामा गरिएको परिक्षणमा ८ जनामा परजिवी भेटियो भने कुश्मिसेरामा ३०० जनमा गरिएको परिक्षणमा २ जनामा परजिवी भेटिएको थियो । पहिलो सर्वेक्षण नै कुल परिक्षण गरिएका मध्ये २.६६ प्रतिशतमा परजिवी भेटिए पनि पुन १३ औं पटक औषधी खुवाउने अभियान संचालन गर्न लागिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गरौले जानकारी दिए । यि दुई ठाउँमा मात्र परजिवी देखिए पनि बिश्व स्वास्थ्य संगठनको नियम अनुसार जिल्लाभर नै पून औषधी खुवाउने अभियान संचालन गर्नु परेको हो । 
    ‘लगातार ६ वर्ष औषधी खुवाए पश्चात यसको सर्वेक्षण थालिएको हो । सन २०१४ देखी जिल्लामा निरन्तर सर्वेक्षण थालिएको छ । कार्यालय प्रमुख गुरौले भने–‘२०१४ मा ३ प्रतिशत रहेको जिल्लाका तथ्याङक २०२१ सम्म पनि २.६६ प्रतिशत भन्दा तल हुन सकेन २ प्रतिशतमा नझरे सम्म नियमित औषधी खुवाउनुपर्ने छ । अघिल्लो वर्षको सर्वेक्षणमा पनि २.६६ प्रतिशत रहेको छ, २ प्रतिशतमा नझरे सम्म औषधी खुवाउने अभियान संचालन गर्नुपर्ने छ ।’ ‘१२ बर्ष सम्म जिल्लाभर औषधि खुवाइएकाले यस बर्षदेखी हात्तिपाइलेको औषधि खुवाउन पर्दैन भन्ने थियो,’ गुरौले थपे, ‘दुर्भाग्यबस सदरमुकाम नजिकैको वडामा औषधि खाइरहेकैमा पनि परजिवी देखियो, यसले हामीलाई पुनः एक वर्ष यो अभियान संचालन गर्नुपर्ने बाध्यता भएको छ । यदी यस पश्चात पनि निवारण भएन भने अर्को वर्ष फरक औषधी खुवाउनुपर्ने अवस्था आउने छ । 
    परिक्षणका क्रममा एक ठाउँमा मात्र देखिए पनि एक मान्छेबाट अर्कोमा पनि सर्ने जोखिम भएकाले जिल्लाभर नै फागुन २८ गते देखी औषधी खुवाउने अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘पहिले जस्तो यति दिन भन्ने छैन, सबै ठाउँमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने छौ,’ स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरिक्षक लक्ष्मी शर्माले भनिन् ,‘जनसंख्या र भुगोल अनुसार दिन लम्बिन सक्छ, तर सबै ठाउँमा लक्ष्य तय गरेका छौ, नाम ठेगाना उल्लेख गरेरै औषधि खुवाएर अभियानलाई प्रभावकारी बनाउन लाग्नेछौ ।’ उनले परजिवी भेटिएका वडामा औषधी खुवाउने व्यक्तिलाई काड नै वितरण गरेर सवैलाई अनिवार्य गर्ने र औषधी खुवाउने अभियान संचालन गर्ने बताईन । एक व्यक्तिले खाने र अर्कोले नखाने भएमा पनि यसको जोखिम बढ्ने हुँदा सवैलाई अनिवार्य गर्नका लागि वडा कार्यालयहरुले कढाई गर्न लागेको शर्माले बताईन । 
    हात्तिपाइले रोग निवारणको सुनिश्चितताका लागि सय प्रतिशत अनिवार्य नभए पनि कम्तीमा २ प्रतिशत भन्दा तल पु¥याउनु पर्दछ । उचेरिया बाक्रोप्टि नामक ब्याक्टेरियाबाट लाग्ने हात्तिपाईले (फाईलेरिया) रोग क्यूलेक्स नामको पोथी लामखुट्टेको टोकाइबाट एक मान्छेबाट अर्को मान्छेमा सर्ने गर्दछ । जिल्लामा जम्म ३ लाख ११ हजार ९ स २२ जनसंख्या मध्ये २ लाख ९३ हजार ४ सय २५ जनालाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधी खुवाइनेछ । अभियानमा दुई वर्ष मूनिका बालवालिका, गर्भवती महिला तथा ७ दिन भित्रकी सुत्केरी महिला, दीर्घरोगी र सिकिस्त बिरामी बाहेक सबैले उमेर समूह अनुसार डि. ई. सी. चक्कि र जुकाको औषधि खानुपर्ने छ । हात्तिपाईले सँगै जिल्लामा हाईड्रो सिलका विरामी पनि धेरै छन । जिल्ला भरी हाल सम्म १६२ जनामा हाईड्रोसिल भएको देखिएता पनि ९ जनाले बाहेक यसको सफल उपचार नगरेको कार्यालयको तथ्याङ्क रहेको छ । हाईड्रोसि पनि हात्तीपाईलेकै लक्षण रहेको छ । 
धेरै वर्ष पहिले देखी अभियान संचालन गरिए पनि सर्वसाधारणले निरन्तर औषधी नखाँदा यो समस्या आएको स्वास्थ्य कार्यालयले जनाएको छ । औषधी खुवाउने अभियानका लागि गैह्र सरकारी संस्था फेयरमेड नेपाल र विवाईसी बागलुङले सहयोग गरेका छन । 
कार्यक्रममा फेयरमेड फाउण्डेशन बागलुङका जिल्ला प्रवन्धक गणेश बरुवालले अभियानमा संस्थाको तर्फबाट हुने सहयोग बारेमा जानकारी दिएका थिए । बरुवालले जिल्ला स्वास्थ्य क्षेत्रमा संस्थाले निरन्तर सहयोग गर्दै आएको बताए । कार्यक्रममा पत्रकार महासंघ बागलुङका उपाध्यक्ष नविन शिशिर विकले अभियान सफल पार्नका लागि अनुगमनलाई पनि प्रभावकारी बनाउनुपर्ने बताए । उनले यसलाई निवारण नै गर्दका निम्ती सवै सरोकारवालाको सहयोग आवश्यक रहेको बताए । 
कार्यक्रम स्वास्थय कार्यालय बागलुङका प्रमुख सुरज गुरौको अध्यक्षता र जनस्वास्थ्य निरिक्षक लक्ष्मी शर्माको संचालनमा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया