बागलुङमा डान्स ब्याटल सम्पन्न

  • असार १२, २०७९

बागलुङ- प्रबुद्ध युवा समूह र बागलुङ नृत्य समुदाय बागलुङले ‘प्रथम नेपाली कल्चरल डान्स ब्याटल’ प्रतियोगिता तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा १० जिल्लाका १ सयबढी प्रतियोगीहरु सहभागिता रहेको थियो । शनिवार  बागलुङ बजारको कालीगण्डकी चलचित्र हलमा भएको कार्यक्रममा युवाहरुले व्याटलको एकल तथा युगल नृत्य प्रस्तुत गरेका थिए । सवै थरीका नृत्यमा ब्याटल भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै शिक्षाका लागि राष्ट्रिय अभियानका अध्यक्ष एवं काँग्रेसका युवा नेता डिल्लीराम सुवेदीले युवाहरुको प्रतिभा प्रस्तुतीकालागि यो कार्यक्रम उपयोगी भएको बताए । उनले यस्ता कार्यक्रमले युवाहरुलाई अझै प्रतिभामुखी बनाउनका साथै आफ्नो परम्पराग सस्कृति आधुनिक संस्कृतिको  बारेमा थाहा पाउने बताए । ‘आधुनिक युवा तथा किसोरकिसोरीले चाहेको गीत संगीत र नृत्य तथा मनोरन्जनको क्षेत्रमा खुलेर लाग्ने अबसर हो’ सुवेदीले भने, ‘यस्ता कार्यक्रमबाट युवाहरुमा क्षमता र नेतृत्व समेत बिकास हुनेछ ।’ उनले युवालाई अझै अतिरिक्त क्रियाकलापमा लाग्ने अबसर चाहिएको बताए । कार्यक्रममा नेपाल महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्माले हरेक क्षेत्रमा यस्ता कार्यक्रमको आवश्यक रहेको बताईन । 

नृत्य प्रतियोगिताकै क्रममा नेपाली सास्कृतिक नृत्यहरुपनि प्रस्तुत भएका छन् । ती नृत्यमा किसोर किसोरी र केही युवा समेतको सहभागिता थियो । युवालाई खेल, नृत्य र रचनात्मक क्षेत्रमा लगाएर विकृतिबाट बचाउने लक्षले यो कार्यक्रम गरेको प्रवुद्ध समाज बागलुङका अध्यक्ष दिपेश सुनारले बताए । कार्यक्रम समुहका अध्यक्ष सुनारको अध्यक्षता सल्लाहकार रामचन्द्र गौतमको स्वागत र सागर क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो । प्रतियोगिता राति सम्म चलेको थियो । 

प्रतिक्रिया