स्वास्थ्य बिमालाई सफल बनाउन प्रदेश र स्थानिय सरकारको योगदान आवश्यक  ः मन्त्री शर्मा

  • माघ १३, २०८२

बागलुङ- स्वास्थ्य तथा जनसंख्या मन्त्ती डा. सुधा शर्मा गौतमले सरकारले संचालन गरेको स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारीका साथै सफल बनाउने प्रदेश र स्थानिय सरकारको योगदान हुनेपर्ने बताईन । 
मंगलबार बागलुङको धौलागिरी प्रादेशिक अस्पतालको निरिक्षण पश्चातको कार्यक्रममा बोल्दै मन्त्री शर्माले बिमा कार्यक्रमलाई प्रदेश सरकार र स्थानिय सरकारको लगानी भएन भने यसलाई प्रभावकारी ढंगले संचालन गर्न कठिनाई हुने बताई । उनले संघिय सरकारको मात्र बजेटले बिमा कार्यक्रमका लागि बजेट अपुग हुने हुँदा तिन तहकै सहलगानी हुन आवश्यक रहेको बताई । 
अहिले पनि थुप्रै अस्पतालले स्वास्थ्य बिमाको बजेट नपाएको गुनासो आइरहेको बताउँदै सरकारसँग बजेट अभाव भएकै कारण भुक्तानी दिन कठिनाई भएको बताई । 
शर्माले अब बिमा कार्यक्रमलाई सफल बनाउनका गुलियो पिय पदार्थमा पनि करको दायारा बढाएर बिमामा नै लागुगर्नेपर्नेमा जोड दिईन । ‘हिजो बिमाकै लागि भनेर सुर्तिजन्य र मदिराजन्य पदार्थमा करको दायारा बढाईएको थियो । अब गुलीयो पिय पदार्थमा पनि करको दायारा बढाउनुपर्दछ मन्त्री शर्माले भनिन्–‘हामी यसै छलफलमा छौ बिमा कार्यक्रमलाई सफल बनाउन केही रकम जम्मा हुनुपर्ने आवश्यक रहेको अगामी दिनमा गुलियो पदार्थमा लाग्ने करको दायारा बढाउन सरकारले योजना बनाउनुपर्दछ ।’ उनले आगामी बजेटमा प्रदेश सरकार र स्थानिय सरकारले  स्वास्थ्य बिमाका लागि पनि रकम विनियोजन गर्न आग्रह गरिन । उनले जनतालाई  स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउनका लागि अहिलेको सरकारले निरन्तर पहल गरिरहेको जानकारी दिइन् ।
मन्त्री शर्माले गण्डकी प्रदेशले डिजिटल स्वास्थ्यमा राम्रो काम गरेको हुँदा अन्य प्रदेशले पनि यसको अनुसरण गर्नुपर्नेमा जोड दिईन । “गण्डकी प्रदेशले इएमआर, गर्भवती दर्ता तथा अनुगमन कार्यक्रम, इएचआईएमएस, पारिवारिक स्वास्थ्य प्रोफाईल जस्ता कार्यक्रम मार्फत डिजिटल हेल्थका कार्यक्रमलाई अगाडी जोडेको रैछ, शर्माले भनिन्–‘ यसलाई हामी अन्य प्रदेशलाई पनि अनुसरण गर्न आग्रह गर्छौ, अहिलेको युगसँगै स्वास्थ्य क्षेत्र पनि परिवर्तन आवश्यक रहेको छ ।”
उनले बागलुङ आत्महत्या दर बढि भएको जिल्ला भएको हुँदा यसको न्युनिकरणका लागि सवैले प्रयास गर्नुपर्ने बताईन । उनले धौलागिरी अस्पतालमा खाली रहेका दरबन्दीमा चिकित्सकहरुको पदपूर्तिका लागि तत्काल मन्त्रालयबाट सम्बोधन गर्न प्रयास गर्ने बताईन । 
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले धौलागिरी अस्पताललाई अब स्वास्थ्य उपचारको हबको रुपमा विकास गर्नुपर्नेमा जोड  दिएका थिए । 
कार्यक्रममा धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारीले अस्पालको बारेमा, प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले गण्डकी प्रदेशमा संचालन भएका डिजिटल स्वास्थ्यका कार्यक्रमको बारेमा जानकारी र धौलागिरी आर्युवेद अस्पतालका प्रमुख डा.सरोज पन्थीले आर्युवेदको कार्यक्रमको बारेमा जानकारी गराएका थिए । 
कार्यक्रम धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माको अध्यक्षता र अस्पतालका मेडिकल रेकर्डर नवराज पौडेलको संचालनमा सम्पन्न भएको थियो । मन्त्री शर्माले अस्पतालको अनुगमन गर्नुका साथै यहाँ उपचाररत विरामीको स्वास्थ्य अवस्थाको बारेमा बुझेकी थिईन । 

प्रतिक्रिया