बागलुङ, - नेपाल प्रेस युनियनको नवौ महाधिवेशनबाट निर्वाचित महासचिव दिलिप पौडेललाई गृह जिल्ला बागलुङमा बधाई तथा सम्मान गरिएको छ । युनियन बागलुङ शाखाका पुर्व अध्यक्ष समेत रहेका पौडेल सँगै धौलागिरी क्षेत्रबाट केन्द्रीय सदस्य निर्वाचित धुव्रसागर शर्मा, मायाँ अधिकारी र साजन परियारलाई पनि युनियन बागलुङ शाखाले शनिबार सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य चम्पादेवी खड्काले पत्रकार समाजको ऐना भएको बताएकी छन । उनले समाजमा रहेका भ्रष्टचार विकृति विसंगतीको पर्दापास पत्रकार र मिडियाले नै गर्न हुँदा कलममा शक्ति भएको बताईन ।
खड्काले नेपाली काँग्रेसले नेपालको पत्रकारिता क्षेत्रको विकासका निम्ती निरन्तर सहयोग गर्दै आएको बताई । ‘काँग्रेस लोकतन्त्रमा विश्वास राख्ने पार्टी हो खड्काले भनिन्–‘लोकतन्त्रको रक्षाका लागि नेपाली पत्रकारिता क्षेत्रको ठुलो भुमिका छ । त्यसैले सधै पत्रकार र पत्रकारिता पेशा प्रति काँग्रेसले सम्मान गर्दै आएको छ ।’ उनले नवनिर्वाचित महासचिव र केन्द्रीय सदस्यहरुलाई थप राजनितिक सफलताको शुभकामना व्यक्त गरेकी थिईन ।
प्रेस युनियका महासचिव पौडेलद्धारा मिडिया काउन्सील विधेयको त्रृटी सच्चाउनु माग
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव दिलीप पौडेलले मिडिया काउन्सील विधेयकमा भएको त्रृटी सच्चाउनुपर्ने माग गरेका छन । उनले काउन्सिललाई स्वायत्त निकायको रुपमा राख्नुपर्ने बताए । पौडेलले पत्रकारितालाई स्वतन्त्र, मर्यादित र उत्तरदायी बनाउन सहयोग गर्ने भन्दै प्रस्ताव गरिएको विधेयकमा भएका त्रृटीलाई सच्चाउन नेपाल प्रेस युनियनको ध्यानकर्षण भएको बताए । उनले पत्रकार बन्नकै लागि पनि परिक्षा पास गरेर लाईसेन्स प्राप्त गर्नुपर्ने प्रावधान हटाउनुपर्ने बताए । ‘हामी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको कुरा गछौं पौडेलले भने,–तर स्वतन्त्र प्रेसको मर्म विपरित मिडिया काउन्सील विधेयक ल्याउन लागिएको छ । पत्रकार बन्नकै लागि लाईसेन्स प्राप्त गर्नुपर्ने व्यवस्था हटाउनका लागि प्रेस युनियनले जोडदार माग गर्छन । सरोकारवाला निकाय बसेर यस्ता कुरा सच्चाएर अगाडी बढ्नु पर्छ ।’ उनले नेपाल प्रेस युनियन सधै पत्रकारको पेशागत हकहितका लागि लड्दै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने बताए । महासचिवमा निर्वाचित भए पश्चात पहिलोपटक गृह जिल्ला आएका पौडेलले महाविधेशनको समयमा सहयोग गर्ने सवै प्रति धन्यबाद प्रकट गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष एवं बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, नेपाली काँग्रेस बागलुङका सभापति जित शेरचन, प्रेस युनियनका केन्द्रीय सदस्य मायाँ अधिकारी, पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कंडेल, पुर्व अध्यक्ष हरिनारायण गौतम, प्रगशिल पत्रकार संघका जिल्ला सचिव विजय राना लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष प्रदिप पन्तको अध्यक्षता, उपाध्यक्ष संगम घर्ति मगरको स्वागत र सचिव नारायण रिजालको संचालनमा सम्पन्न