बागलुङ बजारका अवैध संरचना हटाउन, मेयर अघिअघि डोजर पछिपछि

  • भदौ २, २०८०

बागलुङ । जिल्ला सदरमुकाम भएको बागलुङ बजार क्षेत्रमा बागलुङ नगरपालिकाले मापदण्ड विपरित बनेका संरचना हटाउने योजना बनायो । योजना अनुसार सार्वजनिक सूचना पनि ग¥यो । केही दिन पहिले आफ्नौ कार्यालय अगाडीको मापदण्ड विपरित बनेको पर्खाल हटायो । नगरप्रमुखको घर अगाडीको पर्खाल पनि भत्कायो ।  निश्चित समय दिएको नगरपालिकाले त्यो समय भित्र केही घरधनीले मापदण्ड विपरितका संरचना हटाए । नगरपालिकाले दिएको समय भित्र संरचना हटाउने घरधनीलाई नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का सहितको टोलीले खादा लगाएर नगरपालिकालाई साथ दिएकोमा धन्यबाद प्रकट गरे । 

No description available.
 नगरपालिकाले २३३ घर अगाडी र ५ वटा कार्यालय संघसंस्थामा मापदण्ड विपरित बनेका सडक पेटीमा रेखाङ्कन गरेको थियो । उनिहरुलाई  साउन ३२ गतेसम्म त्यस्ता संरचना हटाउन समय अवधी तोक्यो । सो समय भित्र नगरभित्रका ११५ वटा संरचना स्थानीय स्वयम आफैले भत्काए  भने बाँकीले अटेर गरे । नगरपालिकाले दिएको निश्चित समय अवधि सम्म  पनि मापदण्ड विपरितका सडक छेउका संरचना नहटाएपछि शनिबार नगरप्रमुख बसन्त कुमार श्रेष्ठको नेतृत्वमा डोजर लगाएर मापदण्ड विपरितका संरचना हटाउन सुरु गरिएको छ । बजार क्षेत्रका अवैध संरचना हटाउनका निम्ती मेयर अघिअघि डोजर पछि पछि  हिँडेर मापदण्ड विपरितका संरचना हटाउने काम सुरु भएको छ । जसमा उपमेयर सहित वडा अध्यक्ष र कार्यपालिका सदस्य र कर्मचारीले पनि  दरिलो साथ दिएका छन ।  
शनिबार बागलुङ नगरपालिकाका २ मरेपिपल धौलागिरी अस्पताल पछाडी अवैध रुपमा बनेको संरचनाबाट नगरपालिकाले एक्सन लिन सुरु गरेको हो । शनिबार मात्रै ४० वटा घर अगाडीका मापदण्ड विपरित बनेका सडक पेटी फालिएको छ नगरपालिकाका ईन्जीनियर त्रिलोचन गिरीले बताए । गिरीका अनुसार यो कार्य निरन्तर चल्न छ । 
बागलुङ बजारका सौदर्यिकरणका निम्ती अवैध र मापदण्ड विपरित बनेका संरचनाहरु हटाउन लागिएको नगरपालिकाले जनाएको छ ।  बजार क्षेत्र वडा नं. १,२,३ र ४ मा बजार क्षेत्र रहेको र सडक नै मिचेर विभिन्न संरचनाहरु बनेका कारण मापदण्ड  विपरितका संरचनाहरु भत्काउन लागिएको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताए । सडक साँघुरो र अव्यवस्थित संरचनाका कारण सर्वसाधारण र यातायातका साधन ओहोर दोहोर गर्न पनि निकै कठिनाई भएको र सिंगो बजारकै सौन्दर्यकरण हराएको हुँदा मापदण्ड विपरित बनाईएका अवैध र अव्यवस्थित संरचना हटाईएको नगरप्रमुख श्रेष्ठको भनाई छ । बजार क्षेत्र अव्यवस्थित हुने क्रम बढ्दै गए पश्चात बागलुङ नगरपालिकाले यसलाई हटाउन लागेको छ । अवैध संरचना हटाउँदा भत्किएका संरचना पुनःनिर्माणका निम्ती नगरपालिकाले आवश्यक बजेट पनि विनियोजन गर्ने छ ।  No description available.

बागलुङ बजारको सौन्दर्य निर्माण गर्ने, सडक दुर्घटना न्यूनिकरण गर्ने लगायतका उद्धेश्य राखि मापदण्ड विपरितका घर, टहरा र पर्खाल लगायतका अवैध र अव्यवस्थित संरचना हटाउन लागिएको नगरप्रमुख श्रेष्ठले बताए । ‘पहिलो चरणमा सवै नागरिकलाई सुसुचित गरी साउन मसान्त सम्मको समय तोकिएको थियो नगरप्रमुख श्रेष्ठले भने–‘ तोकिएको समयमा केही घरधनीले आफै हटाउनुभयो । उहाँहरुलाई नगरपालिकाले धन्यबाद पनि प्रकट गरेको छ । हटाउन अटेर गरेकालाई नगरपालिकाले आफै हटाउन लागेको हो यो अभियान निरन्तर चल्नेछ । ’ 
“हाम्रो नगर राम्रो नगर” बनाउने हामी सवैको कर्तव्य भएको हुँदा यो अभियानमा सवै बजार साथ दिन नगरप्रमुख श्रेष्ठले आग्रह गरेका छन । ‘नगरलाई स्वच्छ र सफा नगरको रुपमा विकास गर्न हामी प्रतिवद्ध छौं, बागलुङ बजार मात्र होईन समग्र बागलुङ जिल्लाको ऐतिहासिक, समाजिक व्यवसायिक एवं धार्मिक महत्वलाई संरक्षण गर्ने कर्तव्य पनि हाम्रै काधमा छ । नगरप्रमुख श्रेष्ठले, भने,–‘नगर क्षेत्रको व्यावसायीक गतिविधिलाई व्यवस्थित एवं गतिशिल बनाउँदै पर्यटकिय शहरको रुपमा विकास गर्नकै निम्ती अवैध र मापदण्ड विपरितका संरचना हटाउने निधो गरका छौं । यसमा सवैको साथको आवश्यक रहेको छ । नगरपालिकाले अवैध र मापदण्ड विपरित बनेका अवैध संरचनाहरु बजार क्षेत्रमा मात्र नभएर क्रमश ग्रामिण भेगमा पनि हटाउने जनाएको छ । 

No description available.

No description available.

प्रतिक्रिया