बागलुङ नगरप्रमुख श्रेष्ठ नगरपालिका संघको केन्द्रीय सदस्यमा निर्वाचित 

  • पुस ६, २०७९

बागलुङ-  बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ नेपाल नगरपालिका संघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । काठमाण्डौमा सम्पन्न संघको आठौं महाविशेनबाट श्रेष्ठ केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भएका हुन । श्रेष्ठ धौलागिरी क्षेत्रबाटै एक मात्र केन्द्रीय सदस्य हुन ।

संघको अध्यक्षमा धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना चयन भएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित ढुंगानाको नेतृत्वमा ४३ सदस्यीय कार्यसमितिमा सर्वसम्मत चयन भएको छ ।  संघको उपाध्यक्षमा सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा चयन भएका छन् । उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

महासचिवमा नेकपा एमालेका तर्फबाट दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी चयन भएका छन् । यस्तै उपमहासचिवमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल चयन भएकी छिन् ।
 

प्रतिक्रिया