खिम बहादुर श्रीस - आगामी स्थानिय तह निर्वाचनको सन्दर्भमा तमानखोला गाउँपालिकामा अध्यक्ष पदमा नेपाली काँग्रेसबाट ६ जना आकांक्षी देखिएका छन ।
स्थानिय तहको निर्वाचन नजिकिँदै गर्दा गाउँपालिका अध्यक्ष पदको आकाक्षीमा वर्तमान गाउँपालिका अध्यक्ष जोकलाल बुढा सहित ६ जनाले आकाक्षा व्यक्त गर्दे आफनो नाम क्षेत्र र जिल्लामा पठाएका हुन । पार्टीको गाउँपालिका स्तरीय छलफलमा उमेद्वारको आकाक्षी धेरै भएकोले सहमती हुन नसकेपछी क्षेत्र र जिल्लामा पठाइएको बताइएको छ ।
अध्यक्ष पदको आकाक्षा व्यक्त गर्नेमा गाउँपालिका अध्यक्ष जोकलाल बुढा, नेपाली काँग्रेस निर्वाचित जिल्ला सदस्य चुडामणी छन्त्याल, पूर्व जिल्ला सदस्य खिम बहादुर पुन , क्षेत्रीय सचिव धर्मबहादुर पुन , पालिका सभापती लिला कुमार छन्त्याल प्रदेश सदस्य खगेन्द्रमान पुन रहेका छन ।
गठवन्धन भएका कारण जिल्लाबाटै कुन पालिकामा कुन पार्टीलाई टिकट दिने भन्ने अन्यौल रहेतापनी पार्टीभित्र आन्तरीक छलफल र आकाँक्षीको सँख्या बद्दो छ । पालिकामा सहमती नभएपछी जिल्ला तहबाट अन्तिम उमेद्वारको टुँगो लाग्ने देखिएको हो । प्रशिक्षार्थी पत्रकार