बागलुङ - जिल्ला निर्वाचन कार्यालय बागलुङले आगामी स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीलाई तीव्रता दिएको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै निर्वाचन कार्यालय तयारीमा जुटेको हो ।
निर्वाचनको मिति घोषणासँगै मतदाता नामावली सङ्कलन स्थगित गरेर नामावली अद्यावधि गर्न थालिएको छ । अहिले मतदाता नामावली अध्यावधिक गर्ने काम भइरहेको निर्वाचन कार्यालय बागलुङले जनाएको छ । कार्यालयले मतदाता परिचय पत्र नभएका मतदाताको हकमा आगामी फागुन २० गते भित्र वडा कार्यालयको सिफारीसमा निवेदन दिएकाहरुको मात्रै मतदाता परिचयपत्र आउने भन्दै परिचयपत्र नभएकाहरुले समयमै निवेदन दिन आग्रह गरेको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख ओम नारायण शर्माले जानकारी दिए ।
मतदाता परिचयपत्र हराएका अवस्थामा नयाँ बनाउने प्रयोजनका लागि निवेदन दिन आह्वान गर्नुका साथै यही फागुन १९ मतदाता नामावली प्रकाशित गरिने भएको छ । फागुन १९ गते जिल्लाका सबै वडामा मतदाता नामावली प्रकाशन गर्ने भनिएपनि १७ गते भित्रै नामावली पठाइसकिएकाले मतदाना नामावली अध्यावधिक गर्न सहज हुने शर्माको भनाई छ ।
मतदादा नामावली अध्यावधिक गर्नका लागि फागुन २० देखि २४ गते सम्मलाई आव्हान गरिएको छ । यसका साथै निर्वाचन कार्यालयले मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन केन्द्र र सङ्ख्या निर्धारण गर्न, कर्मचारी व्यवस्थापन गर्ने कार्यको समेत तयारी थालेको छ ।
बागलुङ जिल्लामा स्थानीय तह निर्वाचनका लागि १०३ मतदानस्थल र २०१ केन्द्र तोकिएको छ । हाल सम्म जिल्लामा एक लाख ९५ हजार ३२६ फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयले मतदान स्थल थपघट गर्न नसकिने र मतदाता को अीनतम नामावलीका आधारमा मतदान केन्द्र हेर फेर भने गर्न सकिने जनाएको छ ।
अध्यावधिकका लागि वडा कार्यालय र स्थानीय राजनैतिक दलले मतदाता नामावली अध्यावधिक गराउनका लागि राजनैतिक दल सहितको अन्तरक्रिर्या समेत जिल्ला निर्वाचन कार्यालयले गरिसकेको छ । मतदाता नामावली अद्यावधिक गर्ने कार्य स्थानीय तह मार्फत वडासम्म पुग्ने र वडाबाट आएको विवरणका आधारमा अन्तिम नामावली तयार हुने भएका कारण राजनीतिक दलहरुले यो विषयमा सचेत भएर सहयोग गर्न आग्रह समेत जिल्ला निर्वाचन कार्यालयले गरेको छ ।
मतदाता नामावली अध्यावधिक वडाले एकमुस्ट निर्वाचन कार्यालयमा पठाउन सक्नेछ भने सोझै जिल्ला निर्वाचन कार्यालयमा आएर मतदाता नामावली अध्यावधिक गर्न सकिने छ । मतदाता नामावलीमा नाम, ठेगना लगायतको विवरण त्रुटी भएमा मतदाता मतदानबाट बनिचत हुँन नपरोस भनेर निर्वाचन आयोगले प्रकाशित गरेको सूचना अनुसार मतदाता नामावली अध्यावधिक गर्न थालिएको हो । यस्तै निर्वाचनमा कर्मचारी व्यवस्थापनका लागि प्रत्येक सरकारी कार्यालयबाट कर्मचारीहरुको विवरण संकलन गरेर पठाइसकेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।