गलकोट नगरपालिका प्रमुखमा काँग्रेसका भरत गैरे र उपप्रमुखमा माओबादीका फमलाल निउरे विजयी

  • जेठ २, २०७९

गलकोट नगरपालिकाको नगर प्रमुखमा ५ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार तथा नेपाली कांग्रेसका नेता भरत शर्मा गैरेले ५ हजार ४ सय १४ मत सहित बिजयी भएका छन । 

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गलकोट नगरपालिकाको नगर प्रमुखको प्रतिस्प्रर्धामा रहेका छन ।  गैरे बिजयी बन्दा उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पूर्ण बहादुर काउचाले ३ हजार ५ सय १९ मत प्राप्त गरेका हुन । 

त्यस्तै गलकोट नगरपालिकाको उपप्रमुखमा ५ दलीय गठबन्धनको तर्फबाट साझा उम्मेदवार तथा नेकपा माओबादी केन्द्रका नेता फमलाल निउरे ६ हजार ३९ मत सहित भारि मतान्तरले विजयी भएका छन । उनका निकटतम प्रतिस्प्रस्र्धी नेकपा एमालेकी रुपा बिकले ३ हजार ५७ मत प्राप्त गरेकी हुन । 

गलकोट नगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र रुपमा मन्जु शर्मा चालिसेले ३ हजार २ सय ६२, राष्ट्रिय प्रजातन्त्र पार्टिका डम्मर बहादुर के.सीले ६२ र स्वतन्त्र उम्मेद्वार दिपेन्द्र साहनीले ४० मत प्राप्त गरेका छन ।  त्यस्तै गलकोट नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेदवार तिल बहादुर के.सीले १ हजार ९ सय ८१ मत प्राप्त गरेका छन । 

गलकोट नगरपालिकामा वडा नम्वर १ को अध्यक्षमा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका लाल बहादुर राना, वडा नम्वर २ को अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका हिम बहादुर भण्डारी, वडा नम्वर ३ को अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका फम बहादुर खत्री, वडा नम्वर ४ को अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बल बहादुर खत्री, वडा नम्वर ५ को अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका पवन हमाल, वडा नम्वर ६ को अध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका राम प्रसाद कडेंल, वडा नम्वर ७ को अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका राज बहादुर थापा, वडा नम्वर ८ को अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका तेज प्रसाद सापकोटा, वडा नम्वर ९ को अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका तेज बहादुर थापा, वडा नम्वर १० को अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भक्त बहादुर काउचा, वडा नम्वर ११ को अध्यक्षमा नेकपा एमालेका डम्मर बहादुर श्रीस बिजयी भएका छन  ।  

प्रतिक्रिया