बागलुङ- आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट बागलुङ क्षेत्र नं.२ बाट ६ जना सिफारिस भएका छन् ।
केही समय पहिले नेपाली काँग्रेसबाट नेकपा एमाले प्रवेश गरेकी मञ्जु शर्मा चालिसे सहित ६ जना सिफारिस भएका हुन । चालिसे प्रदेश कमिटि सदस्य छिन । प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटिको आइतवार सम्पन्न वैठकबाट चालिसे सँगै प्रेम खरेल र मेहरसिंह पाइजा, ढोरपाटन नगरपालिका कमिटिका अध्यक्ष गणेश कुमार थापा, गण्डकी प्रदेश समन्वय कमिटिका सदस्य चेतनारायण पौडेल र बागलुङ–काठमाडौं सम्पर्क मञ्चका सदस्य झकप्रसाद शर्मा सिफारिस भएका हुन ।
प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटिका संयोजक तथा जिल्ला उपसचिव डम्मर श्रीसको अध्यक्षतामा बसेको वैठकले ६ जनालाई प्रतिनिधिसभा निर्वाचनका लागि उमेदवार सिफारिस गरेको जिल्ला सचिव विष्णु भुषालले जानकारी दिए ।