बागलुङ- बागलुङका पत्रकार तारानाथ आचार्यलाई कृषि पत्रकारीता पुरस्कार प्रदान गरिएको छ । बागलुङ संचालित सिम्रिक कृषि तथा पशु व्यवसायीक सहकारी संस्था लिमिटेड बागलुङले स्थापना गरेको यस वर्षको ‘कृषि पत्रकारीता पुरस्कार’ आचार्यलाई प्रदान गरिएको छ । सहकारीले आफ्नो साधारणसभाका अबसरमा बिहिबार उक्त पुरस्कार आचार्यलाई प्रदान गरेको छ । जिल्ला सहकारी संघका अध्यक्ष हुमाकुमारी जिसीले उनलाई नगद सहित दोसल्ला ओडाएर सम्मान गरिन् । सहकारीले हरेक वर्ष कृषि क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । आचार्य ढोरपाटन दैनिकका सहसम्पादक हुन् भने राष्ट्रिय समाचार समितिका संवाददाता पनि हुन । पर्वतको फलेवासमा रहेको रेडियो पर्वतबाट पत्रकारिता सुर गरेका आचार्य २ दशक देखी पत्रकारिता क्षेत्रमा क्रियाशिल छन ।