अर्ना जेसिज कप : चिल्ड्रेन लाइफ र विर गोर्खाली सेमिफाईनलमा प्रवेश

  • ब‌ैशाख २०, २०८०

बागलुङ । बागलुङ जेसीजले आयोजना गरेको अर्ना जेसीज कप फुटवल प्रतियोगितामा चिल्ड्रेन लाइफ स्पोर्टस् क्लब र वीर गोर्खाली युवा क्लब सेमिफाईनलमा पुगेका छन ।

बागलुङको बाङेचौर खेल मैदानमा जारी फुटबलमा यि दुई टिम सेमिफाईनलमा पुगेका हुन । यसअघिको खेल जित्दै श्री मेयर गण बागलुङ र कालीपुल युनाइटेड क्लब बेनी पनि सेमिफाईनलमा प्रवेश गरेका छन । बुधबार सम्पन्न पहिलो खेलमा चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबले ६–० गोल गर्दै पर्वत बेनीको नव उत्साही समूहलाई पराजित बनायो । चिल्ड्रेनको जितमा नाइजेरियन खेलाडि जोन ग्लोरीले ४ गोल गरे । नेपालको ए डिभिजन क्लब फ्रेन्डस्बाट खेलिसकेका ग्लोरीले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गरे ।

 एकतर्फी खेलमा नव उत्साही समूहले गोल गर्ने कुनै पनि मुभ बनाउन सकेन् । फितलो डिफेन्सलाई चिर्दै चिल्डे«नका मोहन थापाले ४७ र दिपेश मल्लले ७९ औं मिनेटमा १÷१ गोल थपे । चिल्डे«नलाई जिताउन ४ गोलको योगदान गरेका ग्लोरी म्यान अफ दि म्याच घोषित भए । 
 बुधबार नै  भएको दोस्रो खेल वीर गोर्खाली र गुठी युथ क्लब विच भएको थियो । खेलमा विरगोर्खालीले ३–० गोलको जित निकालेको छ । वीर गोर्खालीले अब चिल्डे«न लाइनफ स्पोर्टस् क्लबसंग सेमीफाइलको खेल खेल्ने छ । तीन अफ्रिकी खेलाडि मैदानमा उतारेको वीर गोर्खालीलाई जिताउन सशिल थापाले २ र अन्जन चौधरीले १ गोल गरे । पहिलो हाफको २९ औं मिनेटमा उत्कृष्ट हेड गोल गर्दै टिमलाई अग्रता दिलाएका थापाले दोस्रो हाफमा थप एक गोल गरेका थिए ।
प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगिताका उत्कृष्ट खेलाडि, गोलरक्षक लगायत पाँच अलग–अलग विधिामा खेलाडिलाई सम्मान तथा पुरस्कार वितरण गरिने प्रतियोगिताका मुल संयोजक सौरभ खत्रीले जानकारी दिए ।  प्रतियोगिताको सेमिफाईनल खेल विहिबार हुने आयोजकले जनाएको छ । 

प्रतिक्रिया