नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धुलिखेलमा जिपलाइन खेलको अनुभव लिएका छन् । नाति नातिनीसहित धुलिखेल पुगेका प्रचण्ड क्लासिक जिपलाइनमा सयर गरेका हुन् ।
साहासिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको बताए । काठमाडौबाट करिब ३५ किलोमिटरको दूरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा शुरु भएको हो । जिपलाइनको टेक अफ ९थाक्लेडाँडा, धुलिखेल० देखि ल्यान्डिङ स्टेसन खावा, पाँचखाल सम्मको जिपलाइन दुरी ११ सय मिटर रहेको छ ।