अर्ना जेसीज कपको उपाधी बागलुङ सुधार केन्द्रलाई

  • चैत २, २०८०

बागलुङ -  बागलुङमा संचालन भएको दोस्रो ‘अर्ना जेसीज कप’ फुटबलको उपाधी बागलुङ सुधार केन्द्रले हाता पारेको छ । शुक्रबार भएको फाईनल खेलमा सुधार केन्द्रले नेपाली सेनाको श्रीमेयर गण घोडाबाँधेलाई ३–२ गोलको अन्तरले पराजित गरेर च्याम्पिएन बनेको हो । सुरुवाती खेलको ४ मिनेटमा नै गणका यमलाल वलीले पहिलो गोल र खेलको २१ मिनेटमा गणकै प्रकाश निरौलाले पुन अर्को गोल हानेर दुई गोलले अग्रता लिएका थिए । दुई गोल खाएको बागलुङ सुधार केन्द्रलाई खेलको २७ औं मिनेटमा नाइजेरियन खेलाडी साम्बो ओस्करल १ गोल फर्काए खेल झनै रोमाञ्चक बनाए । खेलको पहिलो हाफमा नै ७ मिनेट समय थप गरिएको थियो सोही समयमा सुधार केन्द्रका अभिषेक रानाले पुन अर्को गोल गरे सँगै निकै रोमाञ्चक बनेको खेल पहिलो हाफ बराबरीमा रहयो । 
खेलको दोस्रो हाफ भने दुवै टिमले गोल गर्न नसकेकोको अवस्थामा थप गरिएको समयले बागलुङ सुधार केन्द्रलाई फाईदा पुग्यो ।  थप गरिएको समय अर्थात खेलको ९३ मिनेटमा सुधार केन्द्रका बरदान निउरेले पुन १ गोल गरेर अग्रता दिलाए । यो सगै सुधार केन्द्रले जेसिज कपको उपाधी हाँसिल गरेको  हो । 
बागलुङ जेसिजको आयोजनामा भएको खेलमा बागलुङ सुधार केन्द्रका बरदार निउरे म्यान अफ द म्याचको उपाधी जितेका छन । प्रतियोगितामा उत्कृष्ट किप्परको रुपमा सुधार केन्द्रका अशोक रेग्मी उत्कृष्ट डिफेन्डरको रुपमा श्रीमेहर गणका कुम कटुवाल, मिड फिल्डको रुपमा मार्को भार्ती र उत्कृष्ट खेलाडीको रुपमा सुधार केन्द्रका बरदान निउरे र सर्वोकृष्ट गोलकर्ताको रुपमा साम्बो ओस्करललाई उपाधी प्रदान गरिएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो हुनेले ७५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको बागलुङ जेसिजका अध्यक्ष गणेश कुमार महतोले जानकारी दिए । प्रतियोगिताले फुटबल क्षेत्रमा झनै आकर्षण गरेको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताए ।  

प्रतिक्रिया